+
+

पाँच लाख रुपैयाँ दाइजो नपाएपछि श्रीमतीको हत्या !

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १ गते ७:४१

mahila-himsa१ माघ काठमाडौं । रौतहट महेशपुरका सन्तोषकुमार साहले पाँच लाख रुपैयाँ दइजो नपाएको निहुँमा श्रीमती लालमुनी कुमारीको हत्या गरेको लालमुनीका माइती पक्षले आरोप लगाएका छन् ।

सन्तोष र उनको परिवारले पटक-पटक पाँच लाख रुपैयाँ दाइजो मागेको तर दिन नसकेपछि मार्ने धम्की दिने गरेको लालमुनीका दाइ जयप्रकाशले बताए ।

दाइजोकै निहुँमा बहिनालाई पटकपटक यातना दिने गरेको जयप्रकाशले दाबी गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

बहिनीको बिहेमा उनीहरुले १० लाख रुपैयाँ दाइजो दिएका थिए ।

लालमुनीका माइती पक्षले हत्याका किटानी दिएपछि ससुरा राजेन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सन्तोष भने फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?