Comments Add Comment

देवघाटमा हजारौं भक्तजनको घुइँचो

devghat
१ माघ, चितवन । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा माघे संक्रन्ति मेला भर्ने भक्तजनहरुको अत्याधिक घुइँचो लागेको छ ।

गत बर्ष भन्दा यस देवघाटमा डेढ लाख बढी भक्तजनहरु मेला भर्न र दर्शन गर्न आएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टङ्कनाथ पौडेलले जानकारी दिए ।

मेलामा बिहान १२ बजेसम्म करिब ४ लाख बढीले दर्शन गरेको र ६ लाख भक्तजनहरु आउने अनुमान गरिएको उनले बताए । यहाँ देशका बिभिन्न स्थान बाट भक्तजन आएको छन् । भक्तजनहरुको अत्याधिक चाप रहेको छ ।

devghat-4tरातभर जाग्राम बसेर विहान स्नान गरी पूजाआजा गर्दा पुण्य मिल्ने र मनोकामना पुरा हुने विश्वासमा भक्तहरुको आकर्षण बढेको हो। चितवन ,नवलपरासी र तनहुँको संगम स्थल रहेको देवघाटधाममा हरेक हिन्दुहरुको पर्वमा मेला लाग्ने गर्दछ ।

विहानसम्म दशौं हजार भक्तहरुले मेला भरेको र यो क्रम शनिबार साँझसम्म जारी रहने देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

यहाँ मुख्यतः देवताले स्नान गर्ने दिनको रुपमा आज मेला भर्न भक्तजनहरु आउने गर्दछन् ।

devghat-3t
मेलाका बेला हुने सम्भावित खतरालाई ध्यानमा राखीे त्रिशूली नदीमाथिको झोलुङ्गे पुल जीर्ण बन्दै गएकाले भक्तजनको सुरक्षालाई एकपटकमा सय जनालाई मात्रै आवतजावत गर्न दिइने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष पौडेलले जानकारी दिए ।

त्यसतै भक्तजनको सहजताको लागि नियमित बिहान साँढे १० बजेदेखि दिउसो ३ बजेसम्म बन्द हुँदै आएको चितवनको नारायणगढ-मुग्लिन सडक माघे संक्रान्तिमा लाग्ने देवघाट मेलालाई ध्यानमा राखेर आज एकदिन खुला गरिएको छ ।

देवघाटमा जान एकहोरो बाटोका कारण यस वर्ष भक्तजनहरुलाई सहज भएको उनले बताए ।
devgha0-2t

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment