+
+

टिभीको रिमोट चोर्नेलाई २२ वर्षको जेल सजायँ

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १ गते २२:२५

remort-chorएउटा टेलिभिजनको रिमोट चोर्नेलाई कति सजायँ होला ? अमेरिकाको इलिनोइसस्थित हि्वटन सहरका एक व्यक्तिलाई टिभीको रिमोट चोरेको आरोपमा २२ वर्षको जेल सजाय तोकिएको छ ।

 

एक अपार्टमेन्टबाट युनिभर्सल टिभी रिमोट चोरीको अभियोगमा एरिक ब्रेमवेल नामका पुरुषले २२ वर्ष जेलको हावा खाने भएका हुन् ।
३५ वर्षका इरिकले सन् २०१५ को अगष्टमा अपार्टमेन्टबाट टेलिभिजनको रिमोट चोरेका थिए । सोही अभियोगमा उनलाई हालै अदालतले २२ वर्षको जेल सजाया सुनाएको हो ।

यसअघि पनि चोरीका विभिन्न काण्डमा मुछिँदै आएका उनलाई अभियोजकले ३० वर्षको जेल सजायँको मागदावी गरेका थिए । अन्ततः चोरी अभियोगमा पटकेमा सजाय तोक्दै अदालतले उनलाई २२ वर्षको जेल सजायको फैसला गरेको हो ।

यसअघिका चोरी काण्डमा बँच्दै आएका उनले पछिल्लो रिमोट चोरेर भाग्ने क्रममा आफ्नो हातको पन्जा खसालेका रहेछन् । सोही पन्जामा रहेको चोरको डिएनए र उनको डिएनए तुलना गर्दा मेल खाएपछि उनले नै चोरी गरेको खुलासा भएको हो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?