Comments Add Comment

लक्ष्यभन्दा कर्जा प्रवाहमा उच्च वृद्धि, खराब कर्जा अनुपात कायम गर्नु चुनौतीपूर्ण

nrb-810
३ माघ, काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिमा चालु आवमा आन्तरिक कर्जा बिस्तार लक्ष्य २५ प्रतिशत र निजि क्षेत्रतर्फ यस्तो बिस्तार २० प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेकोमा पाँच महिनामा नै कर्जा बिस्तार उच्च भएको देखिएको छ ।

पाँच महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजि क्षेत्र तर्फ कर्जा बिस्तार ३० प्रतिशत बढि भइसकेको उल्लेख छ । राष्ट्र बैंकले ओभरड्राफ्ट कर्जा, सेयर कर्जा, घरजग्गा कर्जामा उल्लेख्य वृद्धि भएकोले यसमा चासो बढेको उल्लेख गरेको छ ।

राष्ट्र बैंकले सावधानी तवरले कर्जा बिस्तार गर्न समेत बैंक तथा वित्तीय संस्थालाई सचेत गराएको छ । उत्पादन मुलक क्षेत्रमा जाने कर्जा जोखिमयुत्तः क्षेत्रमा जानसक्ने भन्दै राष्ट्र बैंकले सचेत गराएको हो । हाल खराब कर्जाको लागि २ प्रतिशत रकम प्रावधान राख्न परिरहेकोमा यो दरमा नै सिमित राख्न चुनौती भएको समेत राष्ट्र बैंकले उल्लेख गरेको छ ।

capture-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment