Comments Add Comment

नेप्सेमा सामान्य गिरावट, २६ करोडको कारोबार

१७ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचकमा ० दशमलव ९१ अंकको गिरावट आएर नेप्से परिसूचक १ हजार १ सय ४३ दशमलव ५९ अंकमा झरको हो ।

नेप्से परिसूचकमा झिनो गिरावट आउदा कारोबार रकम भने २६ करोड रुपैयाँ भन्दा माथि पुगेको छ । दिनभर भएका ५ हजार ७ सय ७७ कारोबारबाट ९ लाख ५० हजार ६ सय ४३ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम २६ करोड ६६ लाख ६ हजार ८ सय १० रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आइतबार अधिकांश समूहहरु राताम्मे देखिएका छन् ।

बैंकिङ, उत्पादनमूलक क्षेत्र र अन्य गरी ३ वटा समूह भने झिनो अंकले सुधार आएर हरियाली देखिएका छन् । कारोबार रकमका आधारमा आइतबार पहिलो नम्बरमा बैंक अफ काठमाण्डू लिमिटेड देखिएको छ । यो बैंकको २ करोड १२ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

कारोबार रकमका आधारमा प्रभु बैंक आज दोस्रो स्थानमा देखिएको छ । १ करोड ५४ लाख रुपैयाँ बढीको कारोबार भएर प्रभु दोस्रो नम्बरमा देखिएको हो । यसपछि शिवम् सिमेन्ट, नागरिक लगानी कोष, एनआईसी एसिया बैंक क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment