Comments Add Comment

झापाको सीमावर्ती क्षेत्रबाट औषधी तस्करी

१७ चैत, झापा । अवैध रुपमा भारतबाट नेपाल भित्रिँदै गरेको अवस्थामा प्रहरीले २२ लाख ३० हजार मूल्य बराबरको औषधी बरामद गरेको छ ।

झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवल–१ स्थित अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले मोटरसाइकल र मारुती भ्यानबाट ल्याउँदै गरेको औषधिसहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाह्रदशी–४ का २४ वर्षीय सम्दान हुसेन, २२ वर्षीय इतियाज आलम, २८ वर्षीय ताहिर आलम र भारतको दिल्लीस्थित जंगपुरी घर भइ काठमाडौँको जोरपाटी बस्ने ३२ वर्षीय फुन्चोक लामालाई पक्राउ गरेको छ ।

लामा नै औषधिको मुख्य कारोबारी रहेको प्रहरीले दाबी छ । बरामद भएका औषधिमा ब्रेस्ट्रिम आयल, ओर्लिस्ट्याट क्याप्सुल, फ्लोमिस्ट नसल स्प्रे, केयरप्रोस्ट, अमाग्रा, जुरिग ८०, फोरडर्म र पि–फोर्स छन् ।

बी आर ३७ जी १४४० नम्बरको भारतीय मोटरसाइकल र नेपालकै मे १ च ४०६३ नम्बरको मारुती भ्यानमा लुकाएर १४ कार्टुन औषधि भित्राउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको झापाका एसपी दिनेशराज मैनालीले बताए ।

उनका अनुसार बरामद औषधि र सवारीसाधनसहित ४ जनै अभियुक्तलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग, विराटनगरमा बुझाइनेछ । योसँगै ७ लाख ७८ हजार ६ साय ६० रुपैयाँ मूल्य बराबरको भन्सार छली गरी ल्याइदै गरेको सामान बरामद समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment