Comments Add Comment

मैले जस्तै राजनीति सबैले गरे फिल्म क्षेत्रलाई फाइदा हुन्थ्योः प्रदिप(भिडियो)

मेरो करिअरमा प्रदिपको कुनै हस्तक्षेप छैनः जसिता

नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको दौडधुपले पनि के पुष्टी गर्छ भने चैत्रको २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लभ स्टेशन’ उनीहरुका लागि विशेष छ । यो बर्ष नै रिलिज भएको चलचित्र ‘रोज’ असफल भएका कारणले पनि प्रदिपका लागि यो चलचित्रको व्यापार महत्वपूर्ण छ ।

प्रदिप र जसितासँग गरिएको ‘ओके मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


नायक प्रदिप खड्काले या चलचित्रबाट दर्शक निराश हुन नपर्ने बताएका छन् । उनले अनलाइनखबरसँग भने–‘लभ स्टेशन एउटा यस्तो चलचित्र हो जहाँ पुराना चलचित्रहरुमा जस्तो प्रेम, बदला, एक्सन सम्पूर्ण खुराकलाई फिल्मी शैलीमा देखाइएको छ । यसले दर्शकलाई पूर्ण मनोरञ्जन दिनेछ ।’ प्रदिप यो चलचित्रको निर्माण युनिटसँग पनि विश्वस्त छन् । ‘म राम्रो टिम पाएकै कारण यो चलचित्रमा जोडिएको हुँ । चलचित्रको नयाँपनले मलाई तानेको हो ।’

त्यस्तै नायिका जसिता गुरुङ आफूले यो चलचित्रमा धेरै मिहिनेत गरेको बताउँछिन् । उनी भन्छिन्–‘लिलिबिली पहिलो चलचित्र भएका कारण त्यसमा लुक्समा बढी ध्यान दिइएको थियो । तर, यो चलचित्रमा मैले अभिनयमा धेरै सुधार गरेको छु । मैले यसमा आफ्नो काम देखाउन पाएको छु ।’

प्रदिप र जसिताको जोडीलाई चलचित्र ‘लिलिबिली’मा रुचाइएको थियो । यो जोडीलाई रियल लाइफमा पनि जोडी भएको हेर्न चाहाने फ्यानहरु पनि धेरै छन् । प्रदिप र जसिता भने यो कुरालाई आफूहरुको सफलता मान्छन् । ‘हामीलाई पर्दामा रुचाइएको भएर नै दर्शकले रियल लाइफमा पनि हेर्न खोज्नु भएको हो । त्यो त हाम्रो सफलता नै हो नि ।’ उनीहरुले भने ।

चैत्र २२ गते चलचित्रको लागि निकै राम्रो मिति भएको प्रदिपको बुझाई छ । उनले भने–‘यो नराम्रो मिति होइन । यदि चलचित्र राम्रो छ भने अर्को साता पर्ने नयाँ वर्षमा पनि राम्रो फाइदा उठाउन सक्छ ।’ जसिता माथि प्रदिप हाबी बनेका समाचारहरु पनि मिडियामा आइरहेको हुन्छ । प्रदिपको निर्णयबिना जसिताले अन्य चलचित्रमा काम गर्दिनन् भन्ने कुराहरु गसिप बनिरहेको पाइन्छ । तर, यो सब कुरा हल्ला मात्र भएको जसिताले बताएकी छिन् । ‘मैले धेरै पटक भनिसकेँ, उहाँ म माथि हाबी हुनुहुन्न । उहाँको निर्णय अनुसार म चल्ने पनि होइन, जसिताले थपिन्–‘तर, म उहाँसँग राम्रो काम गर्नका लागि सल्लाह भने लिन्छु ।’

प्रदिप बेला–बेला विभिन्न विवादमा फसिरहेका हुन्छन् । तर, प्रदिप आफूले जोक गर्दा त्यसलाई गम्भिर रुपमा लिएर चर्चा चलाइने गरेको बताउँछन् । उनले भने–‘म जे बोल्छु भएको र भोगेको कुरा नै बोल्छु । तर, सबै कुराहरु गम्भिर भएर मात्र होइन की जोकको रुपमा बोलेको हुन्छु । त्यसैलाई गम्भिर बनाएर इश्यु बनाइन्छ । त्यसमा पनि मेरो भन्नु केही छैन् ।’ यदि आफूले गल्ती बोलेको भए माफी माग्न पनि पछि नहट्ने प्रदीपले दावी गरे ।

प्रदिपलाई निर्देशक तथा निर्मातामाथि हावी बन्ने गरेको आरोप पनि लाग्ने गर्छ । यस कुरालाई उनी स्विकार्छन् पनि । भन्छन्–‘राम्रो गर्नका लागि उहाँहरुसँग सल्लाह गर्ने हो । मेरो कुरा राम्रो लाग्यो भने उहाँहरुले गर्नुहुन्छ । राम्रो नलागे गर्नहुन्न । मैले भनेको गर्नैपर्छ भन्ने पनि त छैन ।’

प्रदिपलाई चलचित्र क्षेत्रमा राजनीति गर्ने गरेको आरोपनि लाग्छ । उनी यो कुरा केही हदसम्म स्विकार पनि गर्छन् । उनी भन्छन्–‘म राजनीति गर्छु तर, मैले गर्ने राजनीति राम्रो कामको लागि हो । मेरो जस्तो सोचले राजनीति गर्ने हो भने चलचित्र क्षेत्रलाई नै राम्रो हुने थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment