Comments Add Comment

‘रणवीर भन्दा तैमुर स्टाइलिसः करिना

बलिउडमा अहिले यदि कुनै स्टारकिडको चर्चा सबैभन्दा बढी हुन्छ भने ती हुन् नायिका करिना कपुरका छोरा तैमुरअली खान । तैमुर हरेक दिन मिडियामा छाइरहेका हुन्छन् । उनको हरेक गतिविधी मिडियाका लागि मसला बनिरहेको छ ।
हालैमात्र, ‘एचटी स्टाइलिस अवार्ड’मा नायिका करिना कपुरलाई ‘स्टाइलिस अवार्ड जुरी च्वाइल फिमेल’ प्राप्त भयो ।

उनले अवार्ड पाएपछि भनिन्–‘म यो अवार्ड मेरो छोरा तैमुरको स्थानमा बसेर लिइरहेको छु । जो यतिबेलाको सबैभन्दा स्टाइलिस व्यक्ति हुन् । हो, रणवीर सिंह तिमी भन्दा पनि स्टाइलिस ।’ करिनाले तैमुरलाई रणवीर कपुर भन्दा पनि बढी स्टाइलिस भनेपछि अवार्ड शोमा हाँसो छुटेको थियो । यो अवार्डमा नायक रणवीर सिंहलाई ‘स्टाइलिस अवार्ड रिडर्स च्वाइस’ प्राप्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment