Comments Add Comment

५ हजार जना अट्ने सम्मेलन केन्द्रमा पनि विदेशी लगानी

१७ चैत, काठमाडौं । भक्तपुरमा अहिलेसम्मकै ठूलो क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी स्थल बनाउन विदेशी लगानीकर्ताले चासो दिएका छन् । लगानी सम्मेलनमै यसका लागि प्रस्ताव दर्ता भएको छ । यो आयोजनामा करिब १ अर्ब ७० करोड खर्चिने गरी लगानीकोको आवेदन परेको हो ।

अब यसबारे लगानी बोर्डले छलफल गरेर आयोजना अघि बढाउन प्रयास गर्नेछ । सरकारले नयाँ सम्मेलन केन्द्र बनाउन जग्गाको पहिचान गरेर निर्माणका लागि प्राविधिक तयारी सुरु गरिसकेको छ ।

नयाँ बानेश्वरमा रहेको विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संसद भवनमा सारिएपछि हाल अन्तर्राष्ट्रिय सम्मेलनहरु महंगा पाँचतारे होटलहरुमा गर्नुपर्ने बाध्यता छ । यस्तै भृकटीमण्डपको प्रदर्शनी कक्षको क्षमता सानो हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनीहरु गर्न पनि समस्या भइरहेको छ । झण्डै एक हजार लगानीकर्ता आएको लगानी सम्मेलन नै पाँचतारे होटलमा निकै मुस्किलसँग गरिएको थियो ।

व्यवसायीहरुले सरकारलाई आधुनिक र ठूलो प्रदर्शनी केन्द्र बनाउन सरकारलाई पटक-पटक दबाव दिँदै आएका छन् । यसैलाई ध्यानमा राखेर शहरी विकास मन्त्रालयले सानोठिमीमा ५ हजार व्यक्ति एकैपटक अटाउने क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन डिजाइनिङको काम थालेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले बताए ।

यो सम्मेलन केन्ऽ सानोठिमीस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको जग्गामा बनाउन लागिएको हो । हाल नागरिक उड्डयन प्रशिक्षण केन्द्रको नाममा रहेको यो जमिनमा सम्मेलन केन्द्र बनाउन खोजिएको हो । यहाँ प्रशक्षिण केन्द्रको १८९ रोपनी जग्गा छ । यहाँ ५ हजार जना अट्ने सभा हल, ठूलो प्रदर्शनी स्थल, बिजनेश होटाल, बैठक तथा सभा कक्षहरु र पार्किङ, हेलीप्याड लगायतका पूर्वाधार तयार गरिनेछ ।

सरकारले यो सबै जमिन उपयोग गर्ने गरी शहरी विकास मन्त्रालयलाई सम्मेलन केन्द्रको डिजाइन गर्न भनेको छ । यो सम्मलन केन्द्र बनेपछि नेपाल अन्तर्राष्ट्रिय सम्मेलनको केन्द्र बन्न सक्ने र त्सबाट पर्यटक आगन बढाउन पनि सहयोग पुग्ने अपेक्षा छ ।

यो सम्मेलन केन्द्रमा सयवटा कोठाको अन्तर्राष्ट्रिय स्तरको बिजनेश होटल पनि बनाउनुपर्नेछ । यो आयोजना ४ वर्षभित्र सम्पनन गराउन सकिने सरकाकरो दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment