Comments Add Comment

तीन महिनादेखि ब्रेन डेड महिला बनिन् आमा

१७ चैत, काठमाडौं । पोर्चुगलमा २६ वर्षीया महिला खेलाडीले बच्चालाई जन्म दिएकी छन् । लगत्तै उनको मृत्यु भएको छ । डिसेम्बरदेखि नै महिलाको ब्रेन डेड अर्थात मानसिक रुपमा मृत थियो ।

अन्तर्राष्ट्रिय स्तरको खेलाडी रहेकी क्याथरिना सेकेरा डिसेम्बरमा तीव्र दमको समस्या देखिएको थियो । त्यही बेला चिकित्सकले उनको ब्रेन डेथ घोषणा गरेका थिए ।
बिहीबार ३२ हप्ताको गर्भपछि बच्चाको जन्म भएको छ र उनको नाम स्लवाडोर राखिएको छ ।

उनी अहिले नियोनेटल अस्पतालको निगरानीमा छ ।

सेकेरा निकै प्रभावशाली नेभिगेटर थिइन् । तर, उनी सानैदेखि दमको विरामी थिइन् । पछिल्लो पटक दमले च्याप्दा उनी गर्भवती थिइन् । त्यसको केही दिनमा उनको ब्रेन डेडको घोषणा भएको थियो ।

उनलाई ५६ दिनसम्म भेन्टिलेटरमा राखियो, ताकी उनको गर्भमा हुर्किएको बच्चा जीवित रहोस् ।

चिकित्सकहरुका अनुसार शुक्रबारसम्म डेलिभरीका लागि पर्खिने योजना थियो । किनकी शुक्रबार नै ३२ हप्ता पूरा हुँदै थियो । तर, सेकेराको अवस्था बिग्रिएपछि बिहीबार नै डेलिभरी गराइएको छ ।

अस्पतालका अनुसार सेकेराको गर्भमा हुर्किरहेको बच्चालाई जीवितै राख्ने निर्णय परिवारको सल्लाहमै लिइएको थियो ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment