News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज ललितपुरको रामबाग महल, भनिमण्डलमा बिहान ९ बजेपछि बस्दै छ।
- बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सोमबार पेस गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले तीन मिनेटका दरले धारणा राख्ने छन्।
- ओलीले कुनै हालतमा पार्टीको नेतृत्व नछोड्ने आसयसहित प्रतिवेदन पेस गर्दै पार्टी पुनर्गठनको बहसलाई लहडको विषय नबनाउन चेतावनी दिएका थिए।
६ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ ।
ललितपुरस्थित रामबाग महल, भनिमण्डलमा बिहान ९ बजेपछि बैठक सुरु हुनेछ ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रस्तुत गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने छन् । केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ३ मिनेट समय छुट्याइएको छ ।
सोमबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कुनै हालतमा पार्टीको नेतृत्व नछोड्ने आसयसहितको राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।
पार्टी पनुर्गठनको बहस र मुद्दालाई नै आफ्नो तर्कद्वारा पुष्टि गर्ने कोसिस गर्दै उनले यसलाई लहडको विषयम नबनाउन चेतावनी दिएका थिए । पार्टी कस्तो अवस्थामा छ भन्ने ख्याल नगरी नेतृत्व विस्थापन गर्ने कार्य पुनर्गठन नहुने उनको तर्क छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4