Comments Add Comment

रुस्लान कप क्रिकेटः उपाधिका लागि पुलिस र आर्मी भिड्ने

police-vs-army

३ माघ, काठमाडौं । रुस्लान कप क्रिकेटको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी भिड्ने भएका छन् ।

सोमबार भएको पहिलो सेमिफाइनलमा पुलिसले न्यू होराइजोन क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्‍यो । होराइजनले प्रस्तुत गरेको ८३ रनको लक्ष्य पुलिसले १७.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

उसका लागि सुनिल धमलाले ३६ रन बनाए भने योगेन्द्र कार्कीले अविजित २० र आरिफ शेख १७ रनमा अविजित रहे । दिलिपनाथ १० र रनमा आउट भए भने प्रेम तामाङले खाता नै खोल्न सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको न्यू होराइजनले २० ओभरमा सबै विकेट गुमाएर ८२ रन बनामएको थियो । उसका लागि कृष्ण कार्कीले २५ रन बनाए भने शंकर रानाले १६ रन जोडे , १५ रन अतिरिक्त जोडेको उसका सात खेलाडीले दोहोरो अंक जोड्न सकेनन् भने दुई खेलाडी शुन्यमै आउट भए ।

अर्को सेमिफाइनल भिडन्तमा आर्मीले एसपीएमाथि ७० रनको फराकिलो जित हात पारेको छ ।

पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनायो । उसका लागि सागर पुनले ७५ रन बनाए भने राजेश पुलामीले ५५ रनको योगदान दिए । राजेशले २० बलमै अर्धशतक बनाएका थिए ।

अनिलकुमार मण्डलले ३० र राजु रिजालले १२ रन जोड्दा विनोद भण्डारी मात्र ५ रनमा आउट भए ।

जवाफमा मैदान उत्रिएको एसपीएले २० ओभरमा ७ विकेट गुमाएर ११७ रन मात्र जोड्न सक्यो । उसका विजय रानाले २८ र रोमन बमले २५ रन बनाए भने संन्दिप धाामश्ीले १७ रन जोडे ।

उसलाई सस्तैमा समेट्ने क्रमा अभिनाष कर्णले ३ र जितेन्द्र मुखिया र सागर पुनले २-२ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment