Comments Add Comment

सर्वोच्चको प्राङ्गणमा आज ८० न्यायाधीशले सपथ ग्रहण गर्दै

supreme-court-of-nepal

५ माघ, काठमाडौं । उच्च अदालतका नवनियुक्त ८० न्यायाधीशहरुले बुधबार दिउँसो सर्वोच्च अदालतको प्राङ्गणमा पद तथा गोपनीयताको सपथ लिँदैछन् ।

प्रधानन्यायाधीश सुशीला कार्कीले दिउँसो साढे १ बजे न्यायाधीशहरुलाई सपथ गराउनेछिन् । सर्वोच्च अदालत परिसरमा सपथ कार्यक्रम राखिएको छ ।

भूकम्पले सर्वोच्चको मुल भवन क्षतिग्रस्त भएकाले परिसरको चौरमा टेन्ट टाँगेर बनाइएको हलमा न्यायाधीशहरुको सपथ हुनेछ ।

न्यायपरिषदले हालै मात्रै उच्च अदालतका लागि ८० न्यायाधीश सिफारिस गरेको थियो । तर, राजनीतिक भागवण्डाका आधारमा भएको भन्दै यसको चर्को विरोध भएको छ ।

नेपाल बार एशोसिएन र सरकारी वकिलहरुले नै निर्णय नसच्याए इजलास बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment