Comments Add Comment

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. पन्त नियुक्त

Swasthya-Sewa-Bivag७ माघ, काठमाडौ । स्वास्थ्य सेवा विभागका महानिर्देशक पदमा डा. राजेन्द्र पन्त नियुक्त भएका छन् । उनी यस अघिसम्म बालस्वास्थ्य महाशाखामा निर्देशक रुपमा कार्यरत थिए ।

स्वास्थ्य मन्त्रालयले विभागको महानिर्देशकको पद सम्हाल्दै आएकी डा. पुष्षा चौधरीलाई प्रसुती गृहमा काज फिर्ता बोलाएपछि रिक्त पदमा डा. पन्तलाई नियुक्त गरिएको हो ।

डा. पन्तले आजै महानिर्देशकको पदभार ग्रहण गरेका छन् ।

बिहीबारको मन्त्रीस्तरीय बैठकले पन्तलाई महानिर्देशक बनाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment