Comments Add Comment

चीनले सित्तैमा दिएको ११ हजार इन्डक्सन गोदाममै बिग्रने अवस्थामा

chinise-induction (1)८ माघ, काठमाडौं । सरकारी अकर्मण्याताले कसरी उपलब्ध स्रोतसाधन पनि प्रयोगबिहीन हुन्छ भन्ने गतिलो उदाहरण बनेको छ, चीनले सित्तमैमा दिएका ‘इन्डक्सन चुल्हो’ । नेपालीले नाकाबन्दीका समयमा भारतबाट ग्यास नपाएर खानै बन्द हुने भएपछि चीनले नेपाललाई इन्डक्सन चुल्हो सहयोग गरेको थियो ।

अनुदानमा चीनबाट १० हजार इन्डक्सन चुल्हो भित्रिएको १४ महिना बित्यो । तर, यो अब वितरण नगर्दै बिग्रने अवस्थामा पुगेको छ ।

नाकाबन्दीका बेलामा पहिलो चरणमा चीनबाट आएको १३ सय इन्डक्सनको मूल्य अस्वभाविक रुपमा १२ हजार रुपैयाँ कायम गरिएको थियो । विक्रीमा राखिएका ती इन्डक्सनमध्ये २ महिनामा एउटा मात्रै बिक्री भएपछि दोस्रो चरणमा ल्याइएका १० हजार इन्डक्सन पनि भन्सार पास नगरी थन्काइएको छ ।

नेशनल ट्रेडिङका अधिकारी इन्डक्सनहरु त्यतिकै थन्किँदा अब बिग्रिएर गुणस्तरहीन हुन लागेको बताउँछन् । इलेक्टि्रक सामग्री कुनै बिना सम्भार गोदाममै थन्किँदा बिग्रन सक्ने खतरा बढेको उनीहरुको दावी छ ।

चुल्हो भन्सारमा थन्किँदा विक्रीको जिम्मा पाएको नेशनल ट्रेडिङले २ करोड रुपैयाँभन्दा बढी जरिवाना स्वरुप बिलम्ब शुल्क बेहोनुपर्ने अवस्था छ । अब इन्डक्सनकाे मुल्य भन्दा बढी  डिटेन्सन चार्न नै भएको छ ।

यसलाई बेच्ने जिम्मा पाएको नेशनल ट्रेडिङ लिमिटेडले आफूसँग भन्सार पास गर्ने रकम नभएको बताइरहेको छ भने १३ सय इन्डक्सनकाे तोकिएको मूल्य घटाउनुपर्ने माग गरिरहेको छ ।

गत मंसिरको मध्यमा काठमाडौं आएको इन्डक्सनको अझै भन्सार पास गराउन सरकारले चासो देखाएको छैन । उसो त, बेच्न राखिएका १३ सय वटा इन्डक्सन पनि किन्न एउटा पनि ग्राहक विक्री कक्षमा पुगेका छैनन् ।

आपूर्तिका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठ विक्रीमा राखिएका इन्डक्सन मूल्य अत्याधिक भएका कारण बिक्न नसकेकोले अब नयाँ मूल्य तोकिने बताउँछन् । उनले नेशनल ट्रेडिङको बोर्डले यसको निर्णा गर्न तयारी गरिरहेको बताए ।

अर्थ मन्त्रालयका अधिकारी इन्डक्सनको भन्सार मिनाह गर्ने पक्षमा देखिएका छैनन् । तर, इन्डक्सन चुल्हो बेच्नैपर्ने भएकाले भन्सार र विलम्ब शुल्क मिनाह गर्नैपर्ने आपूर्ति मन्त्रालयको तर्क छ ।

नाकाबन्दीका कारण नागरिकले ग्यास नपाएर सास्ती बेहोरेपछि चीनले नेपाललाई सर्वसाधरणलाई वितरण गर्न भन्दै अनुदानमा इन्डक्सन चुल्हो सहयोग गरेको थियो ।

तर, पहिलो चरणमा आएका इन्डक्सक्सनलाई प्रतिगोटा १२ हजार रुपैयाँमा बिक्री खुला गरेपछि एउटा मात्रै इन्डक्सन बिकेको छ । यही ब्राण्डको चिनियाँ एकमुखे इन्डक्सन नेपाली बजारमा ४-५ हजार रुपैयाँ मै पाइन्छ । त्यसै कारण उपभोक्ताले त्यो किन्न चासो देखाएनन् ।

चीनले ५ मिलियन अर्थात ५० लाख आरएमबीमा दोस्रो चरणमा १० हजार चुल्हो दिएको थियो ।  सरकारले चीनले नियमित अनुदान कटौति हुने गरी इन्डक्सन सहयोग गरेपछि त्यति बराबरकै रकम फिर्ता हुने गरी इन्डक्सनको उच्च मूल्य तोकेको छ ।

सरकारले चीनको इन्डक्सन बेचेर त्यसैबाट अनुदान कटौति भए बराबरकै रकम नागरिकसँग असुल गर्न खोजेको थियो । त्यसैअनुसार मूल्य काम गर्दा इन्डक्सनको मूल्य १२ हजार रुपैयाँ पुगेको हो । अब केही समयपछि मूल्य घटाएर बेच्ने सरकारको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment