Comments Add Comment

‘सुर्के थैली’पछि ‘पूर्व पश्चिम रेल’ १ करोड पटक हेरियो

chakka panja song
नेपाली गीतसंगीतको इतिहासमै पहिलो पटक चलचित्र ‘वडा नम्बर ६’को ‘सुर्के थैली’ बोलको गीतले इतिहास रच्यो । यो गीतलाई सबैभन्दा पहिला १ करोड पटक हेरियो । अहिले त, यो गीतलाई करिब डेढ करोड पटक युटुबमा हेरिसकिएको छ ।

अब, चलचित्र ‘छक्का पन्जा’को ‘पूर्व पश्चिम रेल’ पनि युटुबमा १ करोड पटक हेरिने गीतको सूचीमा सामेल भएको छ । यो चलचित्रको गीतलाई यो समाचार तयार पार्दासम्म १ करोड ३१ हजार पटक युटुबमा हेरिएको छ ।

दुबै, गीत दीपकराज गिरी र दीपाश्री निरौलाले बनाएका चलचित्रका हुन् । युटुबमा १ करोड पटक हेरिने दुबै चलचित्रको निर्माण कम्पनी एउटै हो । आमा सरस्वती गीतादेवि फिल्मस्को प्रस्तुतीमा तयार भएका चलचित्र ‘वडा नम्बर ६ र छक्का पन्जा’का गीतले युटुबमा १ करोड पटक हेरिने गीतको रेकर्ड राखेका छन् । दुबै गीत चलचित्र प्रदर्शन पश्चात अझै हिट भएका छन् ।

दुबै गीतका संगीतकार राजनराज सिवाकोटी हुन् । सिवाकोटी नेपाली गीतसंगीतको क्षेत्रमा एक भाग्यमानी संगीतकार बनेका छन्, जसले श्रृजना गरेका दुई गीत एक करोड भन्दा बढी पटक हेरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment