+
+

निर्वाचन आयुक्तहरु सिफारिस गर्न संवैधानिक परिषदको बैठक आहृवान

पुष्प ढुंगाना पुष्प ढुंगाना
२०७३ माघ ११ गते १७:३५

prachand-in-baluwatar

११ माघ, काठमाडौं । निर्वाचन आयोगमा तीनजना नयाँ आयुत्तहरु नियुक्त गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको कार्यालयले आगामी शुक्रबार माघ १४ गते दिउँसो २ बजे संवैधानिक परिषदको बैठक बोलाइएको जानकारी सदस्यहरुलाई गराइएको छ । संवैधानिक परिषदका सदस्यहरुलाई मंगलबार नै पत्र पठाएर बैठकबारे जानकारी दिइएको हो ।

दलहरुबीच केहीदिन अघि चाँडै निर्वाचन आयोगको रित्त पद पूर्ति गर्ने र निर्वाचन कानुन संसदबाट पारित गर्ने सहमति भएको थियो ।

संविधानमा निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त सहित ५ जना आयुत्तहरु रहने उल्लेख छ । अहिले आयोगमा प्रमुख निर्वाचन आयुक्त र एक जना आयुक्तमात्र रहेका छन् ।

अख्तियार एजेण्डामा परेन 

मन्त्रिपरिषद कार्यालयले काटेको पत्रमा निर्वाचन आयोगका आयुक्तहरु नियुत्त गर्नु पर्ने भएकाले १४ गते दिउँसो २ बजे बैठक राखिएको भनिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नयाँ प्रमुख आयुक्त र महालेखा परिक्षकको नियुक्तको विषयले प्रवेश पाउने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?