Comments Add Comment

संवैधानिक परिषदको बैठक आज, निर्वाचन आयुक्त नियुक्ति प्रमुख एजेण्डा

election-commission-nepal

१४ माघ, काठमाडौं । निर्वाचन आयोगमा तीनजना नयाँ आयुक्तहरु नियुक्त गर्ने विषयमा छलफल गर्न संवैधानिक परिषदको बैठक आज बस्दै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो २ बजेका लागि परिषदको बैठक बोलाएका छन् ।

निर्वाचन आयोगका आयुक्तहरु नियुक्तिको विषय बैठकको प्रमुख एजेण्डा छ ।

संविधानमा निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त सहित ५ जना आयुक्तहरु रहने उल्लेख छ । तर हाल प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र आयुक्त ईला शर्मामात्रै छन् ।

मन्त्रिपरिषद कार्यालयले काटेको पत्रमा निर्वाचन आयोगका आयुक्तहरु नियुक्त गर्नुपर्ने भएकाले बैठक राखिएको बताइएको छ । तर संवैधानिक परिषदको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नयाँ प्रमुख आयुक्त नियुक्ति र महालेखा परीक्षकको नियुक्तिको विषयले प्रवेश पाएको छैन ।

सरकारले निर्वाचनको मिति घोषणाको तयारी गरिरहेको छ । मधेसी मोर्चासँग सहमति गरेर निर्वाचन मिति घोषणा गर्ने र निर्वाचन कानुन संसदबाट पारित गर्ने सत्तारुढ दलहरुबीच यसअघि सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment