Comments Add Comment

बनस्थली-बानेश्वर-काँडाघारी रुटमा ‘जुपीटर’ बसले थाल्यो सेवा

४० सिट क्षमताका सबै बस अपांगमैत्री

city-metro-jupiter-bus-7

१४ माघ, काठमाडौं । अहिले महाराजगञ्जबाट बानेश्वर आउनेलाई नेपाल यातायात नचढी सुखै छैन । आजदेखि यही रुट हुँदै काँडाघारीसम्म पुग्न सिटी मेट्रो कम्पनीले १५ वटा चलाउन सुरु गरेको छ ।

सिटी मेट्रो कम्पनीका यी ठूला बसहरु वनस्थलीबाट छुटेर नारायणगोपाल चोक पुग्नेछन् र त्यहाँबाट बालुवाटार, पुतलीसडक, माइतिघर, बानेश्वर, कोटेश्वर, पेप्सीकोला हुँदै काँडाघारीसम्म पुग्नेछन् ।

सिटी मेट्रो कम्पनीका यी बसहरु अपांगमैत्री छन् जसलाई ‘जुपिटर’ नाम दिइएको छ । साझापछि निजी क्षेत्रबाट पहिलोपटक काठमाडौंमा अपांगमैत्री यात्रु बस चलाउने यो पहिलो कम्पनी हो ।

यी ठूला बसहरुलाई नेपाल यातायातको भरपर्दो, सजिलो र स्तरीय विकल्पको रुपमा लिइएको छ । यी ठूला बसले काठमाडौंका सडकबाट साना सवारी साधन विस्थापन गर्ने सरकारको योजनालाई सहयोग गर्ने विश्वास गरिएको छ ।

सबै बसहरु टाटा इण्डिया कम्पनीका हुन् । यी बसहरु ४० सिट क्षमताका छन् । बस हेर्दा आकर्षक मात्रै छैनन्, चढ्न पनि आरामदायी छन् । उभिने यात्रुका लागि ह्यांगर छन् भने पर्याप्त ‘स्पेश’ का कारण उँभिनेलाई पनि सास्ती कम हुनेछ ।

city-metro-jupiter-bus-6

यसले कोचिएर यात्रा गर्नुपर्ने बाध्यता हट्नेछ । पछिल्लो समयमा यातायात ब्यवसायी काठमाडौंभित्र पनि ठूला बस सञ्चालन गर्न अग्रसर भएका छन् । साझा यातायाताको सिको गर्दै ब्यवसायीहरु रिंगरोडसहितका भित्रि रुटहरुमा पनि ठूला बस चलाउन सुरु गर्ने क्रम तीव्र भएको छ ।

कम्पनीका अध्यक्ष हेमेन्द्र शेरचनले बनस्थलीबाट बानेश्वर आउनेहरुलाई दुईवटा बस फेर्नुपर्ने झण्झट र  दोहोरो खर्च बेहोर्नुपर्ने बाध्यता अन्त्य भएको बताए । कम्पनीका बसहरु अपांगमैत्री भएकाले ह्वील चियरसहित यात्रा गर्न सकिने छ ।

कम्पनीले अबको ५ महिनापछि थप १५ नयाँ बस ल्याउने बताएको छ । अध्यक्ष शेरचनले ५ वर्षभित्र कम्पनीले एक सय वटा बस थप्ने बताए ।

city-metro-jupiter-bus-8 city-metro-jupiter-bus-5 city-metro-jupiter-bus-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment