+
+

सरकारलाई दबाव दिन जनप्रदर्शन गर्ने मधेसी मोर्चाको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १५ गते १६:४५

१५ माघ, काठमाडौं । संविधान संशोधन विधेयक परिर्माजनसहित पास गर्न दबाव दिन मधेसी मोर्चाले एक दिन जनप्रदर्शन गर्ने निर्णय गरेको छ ।

मोर्चाको शनिबार बसेको बैठकले सरकारलाई दबाव दिन माघ २३ गते तराई मधेसका जिल्लाहरुमा जनप्रदर्शन गर्ने निर्णय गरेको छ । सोही दिन साँझ कोणसभाहरु गरेर स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदनको प्रति जलाउने निर्णय भएको रामसपाका महासचिव केशव झाले बताए ।

बैठकपछि तमलोपाका महामन्त्री जितेन्द्र सोनलले आफूहरुसँग भएको सहमति अनुसार आन्दोलनका क्रममा मोर्चाका कार्यकर्तामाथि लगाइएको झट्टा मुद्धा फिर्ता नलिएकाले दबाव दिन विरोध प्रर्दशन गर्न लागिएको बताइ ।

मधेसी मोर्चाको बैठकले स्थानीय तह पुनसंरचन आयोगले मोर्चाको सहमति विपरित स्थानिय तहको सीमा निर्धारण गरेर दिएको प्रतिवेदन मान्न नसक्ने ठहर गरेको छ । साथै आयोगको प्रतिवेदन खारेज गरेर आफूहरुको माग अनुसार स्थानीय तहको पुनर्संरचना गर्नुपर्ने समेत माग अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?