Comments Add Comment

शहीद स्मारक पुगेर प्रधानमन्त्रीद्वारा श्रद्धान्जली अर्पण

१६ माघ, काठमाडौं । शहीद दिवसको अवसरमा प्रधामन्त्री पुष्पकमल दाहालले लैनचौरस्थित शहीद स्मारकमा फूलमाला अर्पण गरी शहीदहरुप्रति श्रद्धान्जलि व्यक्त गरेका छन् ।

काठमाडौं महानगरपालिकाले अयोजना गरेको श्रद्धान्जली सभामा सभामुख ओनसरी घर्ती मगरसँगै मन्त्रीहरु, सरकारका मुख्य सचिव डा सोमलाल सुवेदी, प्रधानसेनापति, प्रहरी महानिरीक्षकलगायतले शहीदप्रति श्रद्धान्जली अर्पण गरेका थिए ।

शहीद सप्ताहको सातौं दिन देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको छ ।

देश र नागरिकको हितका लागि ज्यानको आहुती दिने ज्ञात अज्ञात शहीदहरुको सम्मान र सम्झनार्थ हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ । २०१२ सालदेखि शहीद दिवस मनाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment