Comments Add Comment

बलिउड फिल्ममा दह्रो स्क्रिप्ट चाहियोः सोनाक्षी

बलिउडकी चल्ती नायिकामा गनिन्छिन् सोनाक्षी सिन्हा । उनलाई आजकाल बलिउड फिल्महरुको कमजोर विषयवस्तुलाई लिएर चिन्ता लाग्न थालेको छ ।

हालै एक अन्तरवार्तामा सोनाक्षीले हलिउडका फिल्मसँग टक्कर लिन भारतीय फिल्मको विषयवस्तुमा सुधार हुनुपर्ने खाँचो औंल्याइन् । उनले भनिन्, ‘हलिउड फिल्मले भारतमा निकै राम्रो व्यापार गरिरहेका छन् । ती फिल्मलाई मात दिनका लागि हामीकहाँ राम्रो स्क्रिप्ट भएका फिल्महरु बन्नुपर्छ, ताकि हाम्रो देशका जनताले हाम्रै फिल्म मन पराउन् । अन्यथा हामी भविष्यमा पछि पर्नेछौ ।’

बलिउडमा अभिनेत्रीहरुको दौडलाई लिएर पनि सोनाक्षीले प्रतिक्रिया दिइन् । उनको भनाईमा बलिउडमा एक से एक प्रतिभाशाली अभिनेत्री छन् जुन सुखद पक्ष हो । उनले भनिन्, ‘सबै नायिकाहरुले आआफ्नो पहिचान बनाइरहेका छन्, मेरो पनि आफ्नै पहिचान छ । यो सह्राहनीय कुरा हो ।’

सोनाक्षी हाल सबा इम्तियाजको उपन्यासमा आधारित फिल्म ‘नूर’ मा व्यस्त छिन् । यस फिल्ममा सोनाक्षीका अलावा कनन गिल, शिवानी दान्डेकर र पूरब कोहली पनि छन् । यसका अलावा सोनाक्षी सिद्धार्थ मल्होत्रासँग इत्तेफाक फिल्ममा देखिनेछिन् । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment