Comments Add Comment

संसदमा गृहमन्त्री नै अनुपस्थित, निर्वाचनसम्वन्धी विधेयक पेश हुन सकेन

१७ माघ, काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधि अनुपस्थित भएपछि व्यवस्थापिका संसदमा निर्वाचन कसुर तथा सजायसम्वन्धी विधेयक पेश हुन सकेन ।

राज्य व्यवस्था समितिले यो विधेयक शुक्रबार नै संसदमा पठाइसकेको थियो । र, सोमबारको बैठकमा पास गर्ने योजना अनुसार कार्यसूचीमा राखिएको थियो ।

तर, सोमबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री निधि संसदमा उपस्थित भएनन् । सुरु भएर शून्य र विषेश समय चल्दा पनि उनी नआएपछि विधेयक पेश हुन सकेन ।

सम्वन्धित मन्त्री नै अनुपस्थित भएपछि सभामुख ओनसरी घर्तीमगरले यसलाई कार्यसूचीबाट हटाएकी छन् । र, संसद बैैठक साढे २ बजे बस्ने गरी स्थगित भएको छ ।

संसद सचिवालय स्रोत भन्छ, ‘पहिलो बैठकमा गृहमन्त्री अनुपस्थित भएकाले विधेयक पेश हुन सकेन र दोस्रो बैठक राख्नु पर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment