+
+

ब्राउन सुगर खाँदा किशोरीको ज्यान गयो

दीपक उपाध्याय दीपक उपाध्याय
२०७३ माघ १७ गते १७:४६
फाइल तस्वीर

१७ माघ, धनगढी । कैलालीकी एक किशोरीको लागूऔषध ब्राउन सुगर सेबनबाट मृत्यु भएको छ । अन्दाजी १७/१८ वर्षकी सलोनी श्रेष्ठ (खनाल)को ब्राउन सुगर सेवनबाट मृत्यु भएको हो ।

यही माघ १५ गते उनीसहित चार जना साथीहरुको समूह कैलालीको खानीडाँडामा बास बसेका थिए । त्यहाँ सलोनीसहित चारैजनाले ब्राउन सुगर सेबन गरेका थिए ।

‘ओभर डोज’का कारण श्रेष्ठले रातिदेखि नै उल्टी गर्न थालेको र उपचारका लागि धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिए ।

सँगै गएकाहरु समेत नशामा रहेका कारण सलोनीलाई उपचारका लागि ल्याउन ढीला भएको थियो । अर्को दिन साँझ उपचारका लागि धनगढी ल्याउदै गर्दा श्रेष्ठको बाटोमै नै मृत्यु भएको प्रहरीको भनाइ छ ।

कैलाली घर भएकी उनी काठमाडौंमा पढ्दै आएकी थिइन् । तर, उनी पहिलादेखि नै कुलतमा फसेको र पढाईसमेत छोडेको पत्ता लागेको प्रहरी उपरीक्षक चन्दले बताए ।

प्रहरीले सलोनीका अन्य तीन जना साथीहरुलाई भने सोधपुछ पछि आफन्तको जिम्मा लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?