Comments Add Comment

सिड्नीमा नग्न नृत्यः दर्शक पनि नांगै बस्नुपर्ने

तपाईंले धेरै किसिमका नृत्यहरु टेलिभिजनमा वा प्रत्यक्ष हेर्नुभएको होला । तर यति विचित्रको नृत्य सायदै हेर्नुभएको छ ।

अष्ट्रेलियाको सिड्नीमा यस्तो नृत्यले अहिले चर्चा पाइरहेको छ, जहाँ नाच्ने कलाकारहरु सर्वांग नाङ्गा हुन्छन् । यो भन्दा पनि अचम्मको कुरा के छ भने नृत्य हेर्न आउने दर्शकहरुले पनि एक धरो लुगा लगाउन पाउँदैनन् ।
यसको टिकटमै लेखिएको हुन्छ, ‘लुगा वा जुत्ता लगाएर आउनेहरुलाई प्रवेश निषेध छ ।’

सिड्नीस्थित न्यू साउथ वेल्सको आर्ट ग्यालरीमा ‘न्युड लाइभ’ नाममा यो नृत्य चलिरहेको छ । यसले दर्शक पनि उल्लेख्य संख्यामा बटुलिरहेको छ । यो नृत्यले मानवको सबैभन्दा प्राकृतिक स्वरुपबीच कस्तो सम्वन्ध छ र अन्य मानिस तथा तिनीहरुका संस्कृतिलाई शरीरले कसरी ग्रहण गर्छ भन्ने देखाउन खोजिएको आयोजक बताउँछन् ।

राफेल बोनाचेलाले कोरियोग्राफी गरेको नृत्यमा कलाकारहरुले पाब्लो पिकासो, लुसियान फ्रेउड, हेनरी मातिस्से र लुइस बोगेस जता प्रख्यात कलाकारहरुद्वारा सिर्जित पेन्टिङ, मुर्तिकला र तस्बिरहरुमाथि आफ्नो भंगीमा प्रस्तुत गर्दछन् ।

‘यस नृत्यले तपाईंलाई अर्कै दुनियामा पुर्‍याउनेछ, जहाँ कलाकारिता र नृत्यको फ्युजन भएको हून्छ,’ आयोजक संस्थाका प्रवक्ता एन्टोनी बोगासे भन्छन् ।

यो कार्यक्रम १६ वर्षमाथिका व्यक्तिहरुलाई मात्र हेर्न सुझाव दिइएको छ । टिकटको मूल्य ६० डलरदेखि ६५ डलरसम्म तोकिएको छ ।

यस प्रकारको नृत्यका विषयमा सामाजिक सञ्जालमा चर्को बहस भइरहेको छ । एकथरीले नग्नतालाई प्रश्रय दिएको भनेर आलोचना गरेका छन् भने अर्काथरीले यसमा कुनै खराबी नरहेको भनेर समर्थन पनि गरेका छन् । दर्शक पनि नांगै हुनुपर्ने नियमले भने धेरैको कान ठाडा भएका छन् । हालै एउटा सञ्चारमाध्यमले ‘तपाईं यो नृत्य हेर्न लालायित हुनुहुन्छ ?’ भनी गरेको सर्भेक्षणमा ५३ प्रतिशतले सकारात्मक उत्तर दिएका थिए । -एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment