+
+

ताप्लेजुङमा फेरि आगलागी, जलेर एकको मृत्यु

रविन भट्टराई रविन भट्टराई
२०७३ माघ १९ गते ९:३७
फाइल तस्वीर ।

माघ १९, ताप्लेजुङ । ताप्लेजुङको एक घरमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । मंगलबार राति आगो बालेर सुतेका ७२ वर्षीय रामबहादुर लिम्बुको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

लिम्बुको शरीर पूरै जलेको अवस्थामा फेला परेको थियो । नजिकै छिमेकी नभएका कारण आगो नियन्त्रणमा लिन ढिलाइ भएको थियो ।

मृतक लिम्बुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?