+
+

धुर्मुस-सुन्तलीलाई मेलवर्नमा जुट्यो झन्डै १८ लाख रूपैयाँ

बासुदेव मरहठ्ठा बासुदेव मरहठ्ठा
२०७३ माघ १९ गते १०:२२

१ फेब्रुअरी, मेलवर्न । भुकम्पपीडितका लागि दुईवटा एकीकृत नमुना बस्ती निर्माण गरेर सबैका लागि उदाहरणीय बनेका चर्चित हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) अहिले तराइको महोत्तरी जिल्लामा मुसहर बस्ती निर्माणका लागि अर्थ सँकलन गर्न अस्ट्रेलियामा छन।

अस्ट्रेलियाको सिड्नी र एडिलेडपछि गत आईतवार २९ तारिक मेल्बर्नमा कार्यक्रम प्रस्तुत गरेका धुर्मुस सुन्तलीलाई मेल्बर्नबासी नेपालीहरुले मुक्त कन्ठले प्रसंसा गर्दै स्वतस्फुर्त सहयोग गरेका छन।

मेल्बर्नको थर्नबरी थिएटरमा भएको धुर्मुस-सुन्तली साँझमा मेल्बर्नका नेपाली तथा भुटानी समुदायबाट एकै दिन साढे पन्ध्र हजार डलर अर्थ सँकलन भएको थियो भने सोमबार र मंगलवार गरी कुल २३ हजार एक सय ३ डलर संकलन भएको आयोजक समुहका सदस्य कृष्ण न्यौपानेले बताए। मेल्बर्नमा झन्डै ५ सय दर्शकक उपस्थित रहेको धुर्मुस-सुन्तली साँझमा गायक भरत सिटौला, कलाकार दीपक आचार्य, सिड्नीको डान्स समूह ‘द नेक्स्ट’ ले आ-आफ्ना प्रस्तुती दिएका थिए ।  यसैगरी स्थानिय कलाकारहरु माधव न्यौपाने, प्रदिप चापागाइँ, अमृत गुरुङ, सुचित्रा आचार्य, सुजन र श्वेता केसी, आस्विन कुल, सुनिल रमाइलो र पूजा गुरुङ लगायतले पनि प्रस्तुती दिएका थिए।

कलाकारहरुको सम्मानमा ३० जनवरी सोमबार भिक्टोरियाका लागि नेपाली महाबाणिज्य दुतावासले कार्यक्रम समेत राखेको थियो। सो अवसरमा बोल्दै भिक्टोरियाका लागि नेपाली अवैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनले भुकम्प पछिको पुन:निर्माण र पुनस्थापनाका लागि धुर्मुस सुन्तलीले पुर्याएको योगदानको चर्चा गर्दै ब्यक्तिगत तर्फबाट एकलाख रुपैयाँ सहयोग प्रदान गरेका थिए ।

सोहि दिन साँझ भएको मिट एन्ड ग्रिट कार्यक्रममा नेपाली एसोसिएसन अफ भिक्टोरियाका अध्यक्ष डा. अनुपम पोखरेल, एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष केशब कँडेल लगायतले धुर्मुस सुन्तली फाउन्डेसनको काम सबैका लागि प्रेरणा भएको बताएका थिए। सो अवसरमा कलाकार सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीले अस्ट्रेलियाबासी नेपालीहरुको सहयोगले अझै उत्साहित भएको बताउँदै आफुहरुले एउटा नागरिकको कर्तब्य पुरा गरिरहेको बताएका थिए।

महोत्तरीको बर्दिबासमा बन्न लागेको मुसहर बस्तिमा ५० घर, एउटा सामुदायिक भवन, एउटा मन्दिर, बाल उध्यान, सार्वजनिक धारा, शौचालय, पार्किङ्स्थल र बस्तिलाई वरिपरिबाट कम्पाउन्डले घेरी भित्रको बाटो कालोपत्रे समेत गरिने कट्टेलले अनलाइन खबरलाई बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?