+
+

पानीमा आश्रित चार प्रजातीका चरा बढे

राजेन्द्र आचार्य राजेन्द्र आचार्य
२०७३ माघ १९ गते १२:२२

१९ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पानीमा आश्रित चराहरुको संख्या बढेको छ । अघिल्लो वर्ष ५० प्रजाती रहकोमा यस बर्ष बढेर ५४ प्रजाति भएको चराविद् बासु विडारीले जानकारी दिए ।

जसमध्ये पनि पानीमा आश्रित चखेवा यसवर्ष अत्यधिक मात्रमा बढेको उनले बताए । गत साल २ हजार ४ सय ६८ चखेवा रहकोमा यस बर्ष २ हजार ९ सय ५ वटा चखेवा फेला परेको थियो ।

निकुञ्ज क्षेत्रअन्तर्गतका सिमसार तथा नदी क्षेत्रमा भइरहेको चरा गण्ँनाको क्रम यस क्षेत्रमा चराको संख्या बढेको देखिएको हो । संख्या बढ्नेमा सबै पानी चराहरु रहेको छन् ।

यस बर्ष पोहर नदेखिएका चराका प्रजातिहरुमा तिलहरी चरा, प्रसान्त, लाम डुटे राजपुत्रि जातका चरा भेटिएको गणनामा संलग्न वर्ड एजुकेशन सोसाइटीका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार पानी चराको वासस्थानमा वातावरण प्रतिकूल भएकाले सिमसारमा समेत चरा बढेको बताए । चितवनसहित देशभरका निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा १३ दिनसम्म चरागणना गरिएको थियो ।

गणनामा पानीमा ५ हजार ६ सय ५९ वटा र पानी बाहिर १० हजार ३२ चरा गरिने चराविद् विडारीले बताए । सिमसार क्षेत्रमा दुर्लभ चराको संख्यामा विस्तारै बढ्न थालेपछि सरकारी तथा गैरसरकारी संस्थाको पहलमा चरा गण्ँना कार्य सुरु गरिएको थियो ।

सिमसार क्षेत्रअन्तर्गतका पानीमा आश्रित चरालाई मात्रै गण्ँना गरिएको गण्ँकहरुले बताएका छन् ।

नारायणी, राप्ती नदी, देवी ताल, कमल ताल, लामे ताल, पटना ताल, २० हजारीताल लगायतका सिमसार क्षेत्रमा पंक्षी गणना गरिएको पंक्षिविद् टिकाराम गिरीले जानकारी दिए ।

वर्ड एजुकेसन सोसाइटीको अगुवाईमा चितवन राष्ट्रिय निकुञ्ज, नेपाल पंक्षी संरक्षण्ँ संघ, हिमालयन नेचर, डब्लुडब्लु एफ ताल परियोजना, प्रकृति संरक्षण्ँ कोष,को प्रयासमा नवलपरासी र चितवनको निकुन्ज क्षेत्रमा चरा गण्ँना गरिएको हो ।

गणकहरु समूहमा विभाजित भई झण्डै १३ दिन निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका सिमसार क्षेत्रमा खटिएका थिए । विश्वमा पाइने मध्ये १० प्रतिशत चरा नेपालमा मात्रै पाइन्छन् । यी मध्ये ३३ प्रजातिका पंक्षी दुर्लभ छन् ।

विश्वमा दुर्लभ मानिएको २६ प्रजातिका पंक्षी चितवन राष्ट्रिय निकुन्जमा पाइने निकुञजका सहायक संरक्षण अधिकृत अभिनय पाठकले बताए । हालसम्म नेपालमा ८ सय ८७ प्रजातिका चरा पाइन्छ । यी मध्ये ६ सय ३४ प्रजाति चितवनमा मात्र पाइने बिडारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?