+
+

रेखाको यो बर्ष सुख्खा, अर्को बर्ष ४ फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १९ गते १२:५९


गतबर्षको अन्तिम साता नायिका रेखा थापा अभिनित चलचित्र ‘रामप्यारी’ हेरेका दर्शकले यो बर्ष भने उनलाई हेर्न नपाउने भएका छन् । कारण, यो बर्ष रेखा अभिनित कुनै पनि चलचित्र रिलिज हुने संभावना अब टरेको छ ।

रेखाले यो बर्ष आफ्नो ब्यानर बाहिरका ३ चलचित्रमा काम गरिन् । ‘पलाँस र डायरी’को छायांकन सकिएको छ भने ‘हिरो रिटन्र्स’को छायांकन पनि अन्तिम चरणमा छ ।

प्राय, दर्शकले रेखालाई दशैमा हेर्दै आएका छन् । तर, यो बर्ष उनका फ्यान निराश हुने अवस्था छ । कारण, चैत्र ११ गते मिति तोकिएको चलचित्र ‘डायरी’ पनि अब सो मितिमा नचल्ने पक्का भैसकेको छ । यस्तो, अवस्थामा अर्को बर्ष रेखाका ४ चलचित्र रिलिज हुने देखिएको छ ।

छायांकन सकेर प्रदर्शनका लागि तयार हुँदै गरेका ‘डायरी, पलाँस र हिरो रिटन्र्स’ अर्को बर्ष धमाधम रिलिज हुने पक्का छ । अर्को बर्षको दशैमा त रेखाले आफ्नै होम प्रोडक्शनको चलचित्र ‘रुद्रप्रिया’ रिलिज गर्ने घोषणा गरिसकेकी छिन् ।

यो बर्ष बक्स अफिसमा रेखाको स्टारडम नदेखिने भएको छ । यसको प्रत्यक्ष फाइदा अन्य नायिकाहरुलाई हुनेछ । तर, अर्को बर्ष भने रेखाका ४ चलचित्रसँग अन्य नायिकाहरुले स्टारडमको भिडन्त गर्नुपर्नेछ । कतै ४ बर्ष एउटै बर्ष रिलिज हुँदा रेखालाई नै घाटा हुने त होइन ? प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?