+
+

एडिलेडमा सुपर सिक्स ए साइड क्रिकेट प्रतियोगिता हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १९ गते १४:२४

१ फेब्रुअरी, एडिलेड । नेप्लिज क्रिकेट एशोसियनको आयोजनामा एडिलेडमा तेस्रो एक्स्पर्ट सुपर सिक्स ए साइड क्रिकेट टुर्नामेन्ट हुने भएको छ । यहि फेब्रुरी १२ तारिकका दिन भिक्टोरिया पार्कको ओभल १ र २ मा उक्त खेल हुने भएको हो ।

बिहान ९ बजेदेखि हुने उक्त खेल ५ ओभरको हुनेछ, जसमा हरेक टिममा ६ जना खेलाडीले खेल्न पाउने क्रिकेट एशोसियनका कार्यसमिति सदस्य राकेश जैसवालले बताए ।

जैसवालका अनुसार कार्यक्रममा प्रतियोगी टिमले १५० डलर शुल्क तिर्नुपर्ने छ भने दर्शकहरुले निःशुल्क अवलोकन गर्न पाउने छन् । नेपाली समुदायका ८ टिमले रजिस्ट्रेशन गरिसकेकाले यस वर्ष आफू अरु अझै उत्साहित भएको जैसवाल बताउँछन् ।

उनले कार्यक्रमको उद्देश्यबारे थप्दै भने, ‘हामीले वार्षिक रुपमा गर्ने यस्ता प्रतियोगिताले लुकेर रहेका प्रतिभावान खेलाडीहरुलाई बाहिर लिएर आउन सकिने छ र यसले अवसर दिने छ । खेलबाट पनि हामीले नेपाली समुदायलाई अस्ट्रेलियामा परिचित गराउन सक्छौं त्यहि अनुरुप हामीले वार्षिक रुपमा विभन्न कार्यक्रमहरु गर्दै आएका छौं ।’

साउथ अस्ट्रेलियन क्रिकेट एशोसियनसंग सहकार्य गर्दै नेपाली समुदायभित्र रहेका क्रिकेट खेलाडीहरुको प्रतिभालाई प्रस्फुटन गर्न मञ्च प्रदान गर्दै आएको क्लबले छोटो समयमा राम्रो सफलता प्राप्त गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?