+
+

सडक र पुल निर्माणलाई तीव्रता दिन सरकारलाई निर्देशन

समयमै गुणस्तरीय काम नगर्नेलाई कारवाही हुन्छः मन्त्री लेखक

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १९ गते १४:४८

१९ माघ, काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले सडक विस्तार र पुल निर्माणको कामलाई तीव्रता दिन सरकारलाई निर्देशन दिएको छ । समितिले सडक तथा पुल निर्माणमा ढिलाई गरे ठेक्का रद्ध गरेर अघि बढ्न पनि सुझाव दिएको छ ।

समितिको बुधबार बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ, सडक विभागमा महानिर्देशक देवेन्द्र कार्कीलगायतसँग छलफल गरिएको थियो ।

छलफलपछि समितिका सभापति रविन्द्र अधिकारीले सडक विस्तार र पुल निर्माणको काममा ढिलासुस्ती भइरहेकाले तीव्रता दिन सरकारलाई निर्देशन दिइएको जानकारी दिए ।

बैठकमा मन्त्री रमेश लेखकले सडक विस्तार र पुल निर्माणको काममा केही ढिलाई भएको स्विकार गर्दै अब त्यसो हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले सम्बन्धित मन्त्रालय र योजना आयोगसँग आफूले राम्रो समन्वय गरेकाले अब विकास निर्माणको काममा ढिलाई नहुने दाबी गरे ।

मन्त्री लेखकले समयमै गुणस्तरीय काम हुन नसके सम्बन्धित निर्माण व्यवसायीलाई कडा कार्वाही गर्ने चेतावनी पनि दिए ।
यसैगरी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीन श्रेष्ठले सडक विस्तार र पुल निर्माणको काममा आवश्यक पर्ने सबै योजनाहरु स्विकृत गरिएको स्पष्ट पारे ।

सडक विभागमा महानिर्देशक देवेन्द्र कार्कीले सडक, पुल निर्माणमा ठेकेदारहरुले लापरबाही गर्ने गरेको गुनासो गर्नु भयो । निर्माण कम्पनीलाई कडा कार्वाही गर्ने व्यवस्था नभएसम्म विकास निर्माणको काम गुणस्तरीय नहुने र समयमै सम्पन्न पनि नहुने उनले बताए ।

बैठकमा समितिका सदस्यहरुले योजनालाई आवश्यक बजेट सरकारले समयमै उपलब्ध गराउनुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?