+
+

प्रज्ञा कुञ्जमा मोबाइल थिएटर

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १९ गते १५:१४

काठमाडौं । काठमाडौं प्रज्ञा कुञ्ज स्कूल नयाँ वानेश्वरमा माघ २० गते बिहीबारदेखि चार दिनसम्म मोबाइल थिएटर सञ्चालन हुने भएको छ ।

रंगमञ्च नै स्कूलमा ल्याएर विद्यार्थीले नाटक मञ्चन गर्ने भएका हुन् । राजकुमार पुडासैनीले बाल्मिकी क्याम्पसबाट सुरु गरेको मोबाइल थिएटर देशका केही भागमा पुगेर सो विद्यालयमा आइपुगेको हो ।

चार दिनमा एउटा अंग्रेजी नाटकसहित चार वटा नाटक देखाइने कलात्मक निर्देशक टंक चौलागाईंले जानकारी दिए । सबै नाटक चौलागाईंले नै निर्देशन गरेका छन् भने तीमध्ये तीन वटामा परिकल्पना र लेखन समेत उनकै छ ।

‘भोला’, ‘उज्यालोतिर’, ‘पहेंलो बस’ र अंग्रेजी नाटक ‘ब्युटी इज अ बिस्ट’ नाटक देखाइनेछ । नाटकहरु विद्यार्थी, अभिभावकका साथै नाटकका नियमित दर्शकलाई लक्षित गरिएको निर्देशक चौलागाईंले बताए ।

सबै नाटकमा प्रज्ञा कुञ्ज स्कूलकै विद्यार्थीले अभिनय गर्नेछन् । नाटकमा कक्षा तीनदेखि सातसम्मका विद्यार्थीको अभिनय कौशल देख्न पाइनेछ ।

स्कूलकी प्रिन्सिपल सुनिता पौडेलले हरेक विद्यार्थीले रंगमञ्चको अनुभव पाऊन् भन्ने उद्देश्यले  थिएटरलाई कक्षाकोठाभित्रै समावेश गराएको बताइन् ।

सो स्कूलले अघिल्ला वर्षहरुमा ‘शिशिर वसन्त’, भीमनिधि तिवारी लिखित ‘माटोको माया’ मञ्चन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?