+
+

टाँस्सिएर सुतेको भरमा यत्रो कमाउछिन् यी महिला

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १९ गते २१:१०

एक युवतीले अपरिचित व्यक्तिसँग सुतेर महिनाको सात हजार डलरभन्दा बढि कमाउछिन् । तर गलत नसोच्नुस । यहाँ कुनै रासलिला हुँदैन । खाली टाँस्सिएर सुत्ने हो ।

यी हुन् टेक्सासकी ३७ वर्षिया जेनेट त्रेविनो । उनको काम नै अपरिचित व्यक्तिहरुसँग टाँस्सिएर सुत्ने हो, जसलाई ‘प्रोफेसनल कडलर’ भनिन्छ । उनले अन्जान व्यक्तिहरुलाई प्रेमपूर्वक आफ्नो अंगालोमा बेरेर सुताउनुपर्छ र रिल्याक्स महसुस गराउनुपर्छ । यो कामका लागि जेनेटले प्रत्येक घन्टाको ७० डलरभन्दा बढि लिने गर्छिन् ।

सुरुमा उनले यसलाई पार्ट टाइम जबको रुपमा अपनाएकी थिइन् । तर उनीसँग सुत्न मानिसहरु ओइरिन थालेपछि यसैलाई आफ्नो प्रमुख पेशा बनाएकी छिन् । अहिले उनी एक हप्तामा १३ देखि २० घन्टासम्म विभिन्न उमेरका मानिसहरुलाई सुताउँछिन् ।

जेनेटसँग सुत्न ४० देखि ७० वर्षसम्मका पुरुषहरु बढि आउँछन् । तीमध्ये कति धेरै व्यक्तिहरुले कयौं वर्षदेखि कुनै स्त्रीलाई अंगालेका हुँदैनन् । अर्कोतर्फ आजको जमानामा मानिसहरु अनेक समस्या र तनावले घेरिएका हुन्छन् । उनीहरुलाई रिल्याक्स गराउनका निम्ति यस्ता कडलरहरुको माग बढिरहेको छ ।

जेनेटका एक व्वाइप|mेन्ड पनि छन् । उनलाई आफ्नी प्रेमीकाले अपनाएको पेशाप्रति कुनै गुनासो छैन । बरु प्रेमिकालाई उनको काममा पूर्ण सहयोग गर्छन् । जेनेटले आफ्नो काम पूरा इमान्दारितापूर्वक गरिरहेको भन्दै उनलाई आफ्नो सँधै सहयोग रहने उनी बताउछन् । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?