Comments Add Comment

सानिमा हाइड्रोले ६ महिनामा कमायो २५ करोड नाफा

विदेशी मुद्राबाट खायो १६ लाख घाटा

 

 

२० माघ, काठमाडौं । गत आवको पुससम्ममा १ करोड ९२ लाख रुपैयाँ नोक्सानमा रहेको सानिमा हाइड्रोपावर कम्पनीले चालु आवको दोस्रो त्रैमाशमा भने २५ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले यसपटक २५ करोड ६० लाख कमाएकोमा बिदेशी मुद्राको विनिमय दरमा आएको उतारचढावको कारण यसबाट १६ लाख रुपैयाँ नोक्सान व्यहोर्न परेको छ । कम्पनीको विद्युत् बिक्रीबाट भएको आम्दानी ३ गुणाले बढेर ५० करोड ६३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको व्याज र अन्य आम्दानीमा शत प्रतिशत वृद्धि भएर १० लाख पुगेको छ ।

कम्पनीको २२ मेगावाटको माइ खोला र ७ मेगावाटको माइ खोला क्यास्केडबाट उत्पादिन विद्युत् बिक्रीबाट भएको आम्दानी पनि जोडिएको छ । कम्पनीले सरकारको उज्यालो नेपाल सम्वृद्ध नेपाल कार्यक्रमबाट पाउँनुपर्ने प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान र थप १० प्रतिशत पाउँने रकम प्राप्त गर्न बाँकी रहेको जनाएको छ ।

कम्पनीले १७ करोड रुपैयाँ आसामीलगायतलाई भुक्तानी दिन बाँकी रहेको छ भने २१ करोड रुपैयाँ व्यापार साझेदार ऋणीबाट पाउँन बाँकी छ । कम्पनीसँग बैंकहरुबाट लिएको ३ अर्ब ११ करोड दिर्घकालिन कर्जा छ । कम्पनीले आयोजना स्थलमा भइरहेको निर्माण गतिविधिमा ९४ लाख रुपैयाँ खर्च गरेको समेत वित्तीय विवरणमा देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment