+
+

ऋण नपाउँदा अर्थतन्त्रको आकार घट्ने व्यवसायीको चिन्ता, भेटे अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २० गते १७:५७

 

२० माघ, काठमाडौं । नेपाल उद्योग परिसंघले उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महरालाई भेटेर अहिले बैंकहरुमा देखिएको कर्जा लगानी योग्य पुँजी अभावले अर्थतन्त्रको आकार खुम्चिन सक्नेभन्दै ध्यानाकर्षण गराएको छ ।

गत असोजयता देखिएको यो समस्याले  बैकिङ क्षेत्रबाट नयाँ कर्जा प्रवाह हुन नसकेको, पुराना कर्जाको ब्याजदर बढ्दै गएको, रकमको अभावले सञ्चालन भईरहेका परियोजनाको निर्माण कार्य समेत रोकिन गएको भन्दै अर्थमन्त्रीलाई समस्याको समाधानको लागि परिसंघले आग्रह गरेको हो ।

परिसंघले बढ्दो ब्याजदरले नेपालको औद्योगिक क्षेत्रको लागत बढेकोले यसको असर उपभोक्तामा पर्न जाने भएकोले यथाशिघ्र यसलाई सम्बोधन गर्न पनि सुझाव दिएको छ ।

कर्जाको बढ्दो ब्याजदरले नेपाली उद्योगहरुको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने, आयात बढ्ने, लगानीमा गिरावट आउने, निर्यातमा असर पर्ने र रोजगारीका अवसरहरु घटेर अर्थतन्त्र संकुचन हुन सक्ने विश्लेषण पनि परिसंघको रहेको छ ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले यो समस्या समाधान गर्न अर्थमन्त्री समक्ष नीतिगत सुझाव प्रस्तुत गर्यो । ज्ञापनपत्र बुझ्दै उप–प्रधान तथा अर्थमन्त्री महराले नेपाल उद्योग परिसंघबाट प्राप्त सुझावहरु विभिन्न आयामबाट विश्लेषण गरी उपयुक्त नीतिगत व्यवस्था गर्न मन्त्रालय सकारात्मक रहेको जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?