Comments Add Comment

आफुलाई मन लागेको बेला मर्न पाइने कि नपाइने ? सर्वोच्चले खोज्यो बिज्ञको टोली

२० माघ, काठमाडौं । सर्वोच्च अदालतले इच्छामृत्युको कानुनी अधिकारका विषयमा छलफलका लागि ‘एमिकस क्युरी’ बोलाउने निर्णय गरेको छ ।

न्यायाधीश गोपाल पराजुली र चोलेन्द्रशम्शेर जबराको संयुक्त इजलासले बिहीबार यो विषय गम्भीर प्रकृतिको भएको हुँदा बृहत् छलफलका लागि एमिकस क्युरी बोलाउने निर्णय गरेको हो । मृत्यु हुन पाउने अधिकारको विषयमा बृहत् छलफलका लागि नेपाल बार एसोसिएनबाट तीन र सर्वोच्च अदालत बार एसोसिएसनबाट तीन वरिष्ठ अधिवक्ता वा अधिवक्ता उपलब्ध गराउन बारलाई अदालतले आग्रह गरेको हो ।

बाँच्न पाउने अधिकार जस्तै मृत्युवरण गर्न पाउने अधिकारको कानुनी रुपमा व्यवस्था गर्नुपर्ने आदेशको माग गर्दै अधिवक्ता उत्तमप्रसाद रिमालले करिब दुई वर्षअघि रिट निवेदन दायर गरेका थिए ।
निवेदनमा लामो समयसम्म कोमामा रहेका बिरामी, अशक्त र उपचार गरेर ठीक नहुने बिरामीलाई स्वेच्छाले मृत्युवरण गर्न पाउने कानुनी व्यवस्था हुनुपर्ने माग गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment