+
+

योजना बनाएर बस्ने होइन, सिधै एक्सनमा जाने होः एसएसपी ठूले राई

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २१ गते १२:२१


२१ माघ, काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी ठूले राईले अपराधीविरुद्ध आफू सिधै एक्सनमा जाने बताएका छन् ।

ठूले राई तीनै प्रहरी अधिकृत हुन्, जसलाई सशस्त्र द्वन्द्वकालमा माओवादीले अपहरण गरेको थियो । अपहरणमा पर्दा उनी डीएसपी थिए । तत्कालिन सरकारले माओवादी नेता देव गुरुङलाई जेलबाट छाडेपछि उनी अपहरणमुक्त भएका थिए ।

माओवादी नेतृत्वको सरकारकै पालामा हालै ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी पाएका एसएसपी राईले भने, ‘प्रहरीले योजनामा काम गर्ने होइन, सिधै एक्सनमा जाने हो । तर अपराध अनुसार ।’

पछिल्लो समय ललितपुर लागुऔषध कारोबारीदेखि टोले गुण्डाको आश्रयस्थल बन्न लागेको गुनासो छ । एसएसपी राईले भने अपराध अनुसार कारबाही हुने बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘म भर्खर आएको छु । कसले सेल्टर लिएको छ कि छैन हामी खोज्छौं ।’

उनका अनुसार उनी पहिल्यै सूची बनाएर आएका छैनन् । भन्छन्, ‘निगरानी गर्छु । निगरानीबाट सूचना आउँछ । त्यसका आधारमा कार्वाही गर्ने यो शैली हो ।’

उनले अघि भने, ‘यस्तो कारबाही गर्छु उस्तो कारबाही गर्छु भनेर पहिल्यै भन्ने होइन । अपराध अनुसारको सजाय दिने हो । अपराध गर्नेविरुद्ध प्रहरीले कुनै सम्झौता गर्दैन ।’

साथै उनले बोलेर नभई काम गरेर देखाउने बताएका छन् । ‘लागूऔषध कारोबारी होस् या अरु कुनै धन्दा होस् । सबैलाई कानुनको दायरामा ल्याउने मेरो ड्युटी हो । त्यसमा कुनै सम्झौता हुँदैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?