+
+

मातृभूमिको रक्षाका लागि सेना एकजुट भएर लाग्छः सेनापति क्षत्री

दीपक उपाध्याय

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २१ गते १८:१५

२१ माघ, कैलाली । प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेनाको रगत र परिनाकै कारण राष्ट्रिय अखण्डतामा आँच आउन नसकेको बताएका छन् ।

कैलालीको तेघरीस्थित ५ नम्बर बाहिनी अड्डामा आयोजित भूतपूर्व सैनिक सम्मेलनको शुक्रबार उद्घाटन गर्दै प्रधासेनापनि क्षेत्रिले राज्यमा संकट पर्दाका बखत सेनाले रगत र पसिना बगाएको बताए । साथै पुनः संकट आउँदा मातृभूमिको रक्षाका लागि अघि सर्दै एक जुट भएर नेपाली सेना लाग्ने बताए ।

नेपाली सेनाप्रतिको विश्वास र आस्था नै हौसला र उर्जाको स्रोत रहेको भन्दै उनले यसमा कमी आउन नदिने बताए ।

नेपाली सेना देशमा युगौंदेखिको सांस्कृतिक, सामाजिक सद्भाव, सहिष्णुतालाई जीवन्त राख्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न जस्तो सुकै परिस्थितिको पनि सामाना गर्न कटिबद्ध रहेको प्रधासेनापति क्षेत्रीले बताए ।

भुपू सैनिक र तिनका परिवारको अनुभव साटासाट गर्ने उद्देश्यले आयोजित दुई दिने सम्मेलनमा सुदूरपश्चिमका भुपू सैनिक र तिनका परिवारजनको सहभगिता रहेको थियो । कार्यक्रम प्रधान सेनापति क्षेत्रीले उत्कृष्ट काम गर्नेलाई पुरस्कार प्रदान गर्नुका साथै उद्यम गर्न चाहने उद्यमीलाई चेक प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?