Comments Add Comment

जहाँ छन् दुनियाकै धेरै धनाढ्य, हरेक तीन जनामा एक जना करोडपति

हाम्रो मुलुकमा करोडपति धनाढ्यहरु औँलामा गन्न सकिने होलान् । उसो त दुनियाका हरेक देशमा कुल जनसंख्याको निकै सानो अनुपातमा मात्र मानिसहरु करोडपति हुन्छन् । तर यो संसारमा एउटा यस्तो देश छ जहाँका हरेक तिन जनामा एक जना व्यक्ति करोडपति छन् ।

 

एक रिपोर्ट अनुसार फ्रान्ससँग सिमाना जोडिएको युरोपेली मुलुक मोनाकोमा दुनियाका सबैभन्दा धेरै करोडपतिहरु ब्स्छन् ।

सबैभन्दा धेरै धनाढ्यहरुको सहरका रुपमा कुल जनसंख्याको ३१.१ प्रतिशत करोडपति सहित मोनाको सिटी पहिलो स्थानमा परेको छ । मोनाकोको कुल जनसंख्या ३८ हजार छ । जसमा १३ हजार भन्दा धेरै मानिस करोडपति छन् ।

अन्य युरोपेली देशका तुलनामा यहाँका मानिसहरुको आय तिव्र रुपमा बढिरहेको छ । यहाँको प्रतिव्यक्ति कुल गाह्रस्थ उत्पादन दुनियामा सबैभन्दा धेरै छ । यो सहरमा घरजग्गाको भाउ अमेरिकाको न्युयोर्कमा भन्दा दोब्बर छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment