+
+

नेपाल इन्भेष्टमेन्ट बैंक र सेनाले गरे लघुवित्त व्यवसायीलाई सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २३ गते १०:२४


२३ माघ, काठमाडौं । नेपाली सैनिक परिवार तथा भूतपूर्व सैनिकहरूको जीवनस्तर उकास्न र  स्वरोजगार बनाउन सञ्चालित नेपाली सेना कल्याणकारी बोर्ड तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा संचालित लघुवित्त कार्यक्रमका सफल उद्यमीलाई सम्मान गरिएको छ ।

सूदुरपश्चिममा सञ्चालन गरिएको अभियानमा सफल रुपमा उद्यम गरेकी जानकीदेवी बमलाई चाँदीको सिक्कासहित प्रशंसा–पत्रले सम्मान गरिएको हो । नेपाली सेना कल्याणकारी बोर्डद्वारा धनगढीमा माघ २० र २१ गते आयोजित सूदुरपश्चिमाञ्चल भूपु सैनिक सम्मेलनमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले संयुतm रुपमा सर्वोत्कृष्ट उद्यमीलाई सम्मान गरेका हुन् । बमले बैंकबाट लघुवित्त कर्जा लिई वंगुर र कुखुरा पालन गरेर  आफ्नो जिवनस्तर उकासेकी छिन ।

बोर्ड र बैंकले मिलेर कल्याणकारी कोषका हिताधिकारीहरुको आर्थिक एवम् सामाजिक जीवनस्तर उत्थानको लागि स्थानिय स्रोतमा आधारित विभिन्न कृषि, पशुपालन लगायतका लघुउद्यम तथा व्यापारमा सरिक गराई स्वःरोजगारको अवसर श्रृजना गर्न सहयोग गर्दै आएको छ । उक्त कार्यक्रममा  नेपाल राष्ट्र बैंकको नियम अनुसार असल वर्गमा परेका ३ जना बैंकका ऋणीहरुलाई जनही सात लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।  साथै बहालवाला सैनिक परिवार र भूतपूर्व सैनिकलाई लघुव्यवसाय संचालनका लागि सुरूवाती पुँजीका रूपमा विपन्न वर्ग कर्जा अन्तर्गत ६ जनालाई चेक हस्तान्तरण गरियो । हालसम्म १६ हजारभन्दा बढी नेपाली सेनाका बहालवाला सैनिक परिवार र भू.पु. सैनिकहरुले करिव रू. २ अर्व ५१ करोड ६८ लाख कर्जा लिइ लघुव्यवसाय सञ्चालन गरिरहेका छन् ।

सोही कार्यक्रममार्फत बैंकले डडेल्धुरा, दार्चुला र बैतडीमा शाखारहित बैंकिङ सेवा पनि  सुरु गरेको छ । सेवा सुरु गरेसंगै प्रत्येक जिल्लामा बैंकिङ कारोबार गर्न पस मेसिन उपलव्ध गराइएको छ । अब बैंकले यो सहित ६२ वटा शाखारहित बैंकिङ सेवामार्फत सुविधा दिने छ ।

यो समयावधिमा बैंकको चुक्ता पूँजी रू. ८ अर्ब ७१ करोड पुगेको छ भने कुल पूँजी रू. १६ अर्ब ३० करोड पुगी निजी बैंकहरूमध्ये सर्वाधिक पूँजी भएको बैक बनेको छ । गत आ. व. को अन्त्य सम्ममा बैंकको खराब कर्जा प्रतिशत ०.६८ प्रतिशत रहेको छ । बैंकले ७ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई आफ्ना ४७ वटा शाखा तथा ८४ वटा ए.टि.एम.मार्फत देशभर सेवा दिदै आएको छ र हाल ५ लाख ५० हजारभन्दा बढि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरू रहेका छन् । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले सन् २०१० ११ देखि निरन्तर रूपमा अन्तराष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सी (आइ.सि.आर.ए.) बाट “क” वर्गको मान्यता प्राप्त गरिरहेको छ । साथै, यस बैंक बैंक अफ द इयर पाँचौँ पटक प्राप्त गर्ने नेपालको एकमात्र बैंक बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?