+
+

इन्जिनियरिङ अध्ययन शुल्क वृद्धि खारेजीको माग गर्दै त्रिवि पदाधिकारीलाई कार्यकक्षमा प्रवेश निषेध

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते १५:०३

१५ भदौ, काठमाडौं । अखिल नेपाल विद्यार्थी संगठन (अनेरास्ववियु) जिल्ला कमिटीले इन्जिनियरिङ अध्ययन संस्थानको शुल्क वृद्धि खारेज हुनुपर्ने भन्दै त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई कार्यकक्षमा प्रवेश निषेध गरेको छ ।

अनेरास्ववियुले शुक्रबार विभिन्न माग राख्दै त्रिवि पदाधिकारीलाई कार्यकक्षमा प्रवेश निषेध गरेका हुन् ।

इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्कवृद्धि पूर्ण रुपमा खारेज हुनुपर्ने, सबै प्रदेशमा आईओई÷आईओएमसँग सम्बन्धित १÷१ वटा पूर्ण आंगिक क्याम्पसहरु स्थापना गर्नुपर्ने, प्रधानमन्त्री, शिक्षामन्त्री त्रि.वि.को कुलपति र सह–कुलपति हुने व्यवस्था खारेज हुनुपर्ने र त्रिवि पदाधिकारी नियुक्ति गर्न बोर्ड अफ ट्रस्टी गठन हुनुपर्ने माग राखेका छन् ।

इन्जिनियरिङ अध्ययन संस्थानले पूर्ण शुल्कीय तर्फको ७ लाख ७५ हजार बनाउने निर्णय गरेपछि विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका थिए ।

बुधबार त्रिवि पदाधिकारी तथा विद्यार्थी संगठनबीच पाँच बुँदे सहमति भएको थियो । हाल वृद्धि गरिएको शुल्क फिर्ता लिन निर्देशन दिने, विद्यार्थी प्रतिनिधि सहितको गठन हुने समितिले सात दिनभित्र प्रतिवेदन पेश गर्ने र प्रतिवेदनले दिएको सुझावको आधारमा कायम हुने शुल्क लागू गर्न सबै सहमति हुने लगायतको विषयमा सहमति भएको थियो ।

तर, त्रिवि पदाधिकारी र विद्यार्थी संगठनबीच भएको उक्त सहमति नमान्ने भन्दै विद्यार्थी तथा आईओई प्रतिनिधि सहितको नयाँ छलफल हुनुपर्ने माग राख्दै अनेरास्ववियुले विरोध गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?