+
+
युवा उद्यम :

ब्याग किन्दा मायाको चिनो पनि दिएर पठाउने ‘ब्यागमाण्डु’

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० भदौ १५ गते १५:१२

काठमाडौं । आजभोलि ब्याग एउटा जरुरी एक्सेसरिज भइसकेको छ । अफिस जाँदा होस् या सामान्य घुमफिर, आवश्यकता हेरी थरीथरीका ब्याग बोक्ने चलन छ । ग्लामरस तथा फेसनको संसारमा आउटफिट जत्तिकै महत्त्व ब्यागलाई पनि दिइन्छ ।

ब्यागको यो महत्वलाई बुझेर प्रिया मानन्धरले काठमाडौंको बुढानीलकण्ठमा खुलेको ‘ब्यागमाण्डु बाइ प्रियुले धेरै ब्यागप्रेमीकफ मन जितिरहेको छ । नेपालमा मात्र होइन, विदेशमा रहेका नेपाली दिदीबहिनीहरूको रोजाइमा समेत पर्छ ब्यागमाण्डु ।

१० महिनाअघि सुरु गरेको यो व्यवसायले यति छिटो धेरैको मन जित्न सफल हुन्छ भन्ने प्रियालाई लागेको थिएन । विभिन्न मिडियामा लामो समय मार्केटिङको काम गरेकी उनलाई आफ्नै केही नयाँ व्यवसाय गर्ने इच्छा लाग्यो । के गर्ने भन्ने सोच भने बनाएकी थिइनन् ।

हेयरस्टाइल परिवर्तन गरिरहन प्रियलाई धेरै मन पर्थ्यो । त्यसैले सौन्दर्यसम्बन्धी व्यवसाय गर्ने सोच बनाइन् । सोच त बनाइन् तर यससम्बन्धी ज्ञान उनलाई थिएन । दशैं नजिकिंदै गर्दा एक दिन छोरीलाई सपिङ गराउन उनी न्युरोड पुगेकी थिइन् । छोरीको लागि एउटा ब्याग र अन्य केही सपिङ गरिन् । उनको मिल्ने साथीको पसल पनि न्युरोडमै भएकाले उनलाई भेट्न गइन् । सपिङ सकिएको थिएन । त्यसैले साथीलाई छोरीको लागि किनेको ब्याग र अन्य सामान केही समय राखिदिन अनुरोध गरिन् । साथीले छोरीको लागि किनेको ब्याग देखाउँदै प्रियालाई सोधिन्- ‘कतिमा किन्यौ ?’ उनले साथीलाई ब्यागको मूल्य बताइन् । साथीले जवाफमा भनिन्- ‘यो ब्याग त मैले नै मेरो होलसेलबाट बेचेको हो नि यो ब्यागको त यति मूल्य पर्छ ।

साथीको कुरा सुनेर प्रियालाई लाग्यो व्यवसाय गर्ने सोच त छ ब्यागकै व्यवसाय किन नगर्ने ? उनकी साथीले पनि ब्यागको व्यवसाय गर्न सल्लाह दिइन् र आफूले सहयोग गर्ने बताइन् ।

प्रियालाई आफ्नो कामलाई परिवर्तन गरेर केही नयाँ सुरु गर्नु थियो । व्यवसाय राम्ररी चल्छ कि चल्दैन भन्नेबारे पनि सोचिनन् । साथीसँग सल्लाह गरेको केही दिनमा नै १५ लाख रुपैयाँको लगानीमा ब्यागमाण्डु सुरु गरिन् ।

साथी मात्र होइन, उनलाई केही नयाँ काम गर्न  हौसला दिन परिवारको पनि उत्तिकै हात छ । उनकी छोरी, श्रीमान् र सासूले सधैं साथ दिए । गृहिणीबाट, जागिरे र व्यवसायी हुन छोरी र श्रीमानले गरेको सहयोगले पनि उनलाई अघि बढ्ने प्रेरणा मिल्यो ।

व्यवसायसम्बन्धी ज्ञान नभएकाले सुरुमा केही दिन त उनलाई साह्रै गाह्रो भयो । कति ब्यागको त मूल्य र गुणस्तर नै उनलाई थाहा हुँदैन थियो । बिस्तारै सिक्दै गइन् ।

स्टोरसँगै उनले ब्यागमाण्डुको टिकटिक र इन्स्टाग्राम अकाउन्ट पनि खोलिन् । ब्यागका फोटो सोसल मिडियामा राख्न थालिन् । बिस्तारै भिडियो पनि बनाएर हाल्न थालिन् । उनको भिडियोलाई धेरैले रुचाए र धेरै ब्यागको अर्डर आउन थाल्यो ।

राम्रो गुणस्तरको ब्याग ब्यागमाण्डुमा पाइने भएकाले यो धेरैको रोजाइमा पर्न सफल भएको हुन सक्ने प्रिया बताउँछिन् । ‘राम्रो गुणस्तरको सामान र कस्टुमर सर्भिस राम्रो भयो भने व्यवसाय राम्ररी चल्ने रहेछ भन्ने उदाहरण ब्यागमाण्डु हो,’ उनी सुनाउँछिन् ।

आफ्नी आमा, दिदी, बहिनी र साथीलाई ब्याग उपहारको रूपमा दिनको लागि ब्याग किन्न उनीकहाँ आउने ग्राहक धेरै छन्  । जहाँ २५ सयदेखि १६ हजार रुपैयाँसम्मको ब्याग पाउन सकिन्छ । नेपाल मात्र होइन, जापान, अमेरिका अस्ट्रेलिया लगायत नेपालबाट कुरियर पुग्ने धेरै ठाउँबाट ब्यागमाण्डुको ब्याग बिक्री भइरहेको प्रिया बताउँछिन् ।

व्यवसाय गर्ने क्रममा विभिन्न आरोह, अवरोह पनि आए । तर मान्छेको मन कसरी जित्ने भन्ने कुरा ब्यागमाण्डुले सिकाएको उनी सुनाउँछिन् । ‘यहाँबाट ब्याग किनेर गएका ग्राहकहरूलाई म कहिल्यै बिर्सिन्न । उहाँहरूसँग सम्पर्कमा रहिरहन्छु, ब्यागको क्वालिटी कस्तो लाग्यो भनेर सोध्छु । जसले गर्दा त्यही कस्टुमर अर्को पटक पनि ब्यागको लागि ब्यागमान्डु नै आउँछन्,’ उनी भन्छिन् ।

ब्यागमाण्डुलाई चिनाउने मायाको चिनो

पहिले मार्केटिङको काम गरेको भएर होला प्रियालाई मार्केटिङ गर्ने भन्ने ज्ञान भने राम्रै थियो । त्यसैले उनको ब्यागमान्डुमा ब्याग किन्न आउने ग्राहकहरूलाई कहिले वाइन ग्लास, कहिले माला, स्क्रन्चिज लगायतका विभिन्न प्रकारको मायाको चिनो दिएर पठाउँथिन् ।

उनी भन्छिन्, ‘त्यो मायाको चिनोले पनि ग्राहकको मन जित्यो । ‘मायाको चिनोको रूपमा ग्राहकलाई मेरो माया हो त्यो ।’

दुबईको वर्णिका ब्रान्डको ब्याग ब्यागमाण्डुमा  

पहिलो पटक दुबईको वर्णिका ब्रान्डको ब्यागलाई प्रियाले नेपाल भित्र्याइन् । वर्णिका ब्रान्डको ब्यागलाई पनि ग्राहकहरूले उत्तिकै रुचाए ।

वर्णिका ब्रान्डको ब्यागको गुणस्तर राम्रो भएका कारण धेरैबाट उनले राम्रो प्रतिक्रिया पाइन् । वर्णिका जस्तै अन्य विभिन्न ब्रान्डको ब्याग पनि ल्याउने तयारी गरिरहेको प्रिया बताउँछिन् ।

नेपाली ब्रान्डलाई प्रवर्द्धन गर्ने योजना

ब्यागमाण्डुले विदेशी ब्रान्डलाई त नेपाल भित्रायो अब नेपाली ब्रान्डलाई विदेश निर्यात गर्ने प्रियाको योजना छ । त्यसैले नेपालमा उत्पादन भइरहेका नेपाली ब्रान्डको ब्यागसँग सहकार्य गर्ने इच्छा रहेको उनी बताउँछिन् । ‘यदि कुनै नेपाली ब्रान्डको ब्यागलाई आफ्नो उत्पादन बेच्ने प्लेटफर्म चाहिएको छ भने ब्यागमाण्डुलाई सम्झन सक्छन्,’ उनी भन्छिन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?