+
+
Shares

कतै घुम्न निस्कनुअघि यसरी गरौँ ब्याग प्याक

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १३:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यात्रापूर्व तयारीमा सूची बनाउने, तौल निर्धारण गर्ने र बहुउपयोगी वस्तुहरू छनोट गर्ने ।
  • सौन्दर्य किट र प्राथमिक उपचार बक्स सानो आकारका मात्रै बोक्नपर्छ ।
  • इलेक्ट्रोनिक सामान र चार्जरहरू पनि ध्यानपूर्वक प्याक गर्नुपर्छ ।

यात्राले हामीलाई जीवनका रमाइला अनुभवहरूसँग जोड्छ । तर, यात्रामा जानुअघि सबैभन्दा तनावपूर्ण काम भनेको सामान प्याकिङ गर्नु हो । के लैजाने, के नलैजाने भनेर कुनै टुंगो लगाउनै कठिन भइरहेको हुन्छ । हरेक सामान आवश्यक लाग्छ, तर सबै सामान बोकेर त जान सकिँदैन । यो काम निकै झन्झटिलो पनि हुन्छ ।

जब कहीँ घुम्ने योजना बन्छ, धेरै दिनअघिदेखि नै त्यसको तयारी सुरु हुन्छ । प्याकिङका लागि पनि धेरै सोचविचार गरिन्छ । तैपनि यात्रामा के लैजाने, के नलैजाने भन्ने दुविधा नै हुन्छ । यस्तोमा यात्रा गर्नुअघि प्याकिङका लागि यी विशेष उपाय अपनाउन सकिन्छ ।

१. सूची बनाउने

हल्का प्याकिङका लागि योजना बनाउनु निकै प्रभावकारी हुन्छ । यात्राका क्रममा आवश्यक सामानहरू लेखेर एउटा सूची तयार गर्ने र सुटकेसमा सामान राख्दा यो सूची हातमै राख्ने यसले कुन चीज लैजान आवश्यक छ र कुन छैन भन्ने कुरा राम्रोसँग बुझ्न मद्दत गर्छ ।

२. तौल निर्धारण गर्ने

यदि सधैँ धेरै सामान प्याक गर्ने गल्ती गरिन्छ भने सबैभन्दा पहिले तौल निर्धारण गर्नुपर्छ कति सामान बोक्ने भनेर । त्यस तौल अनुसार झोलामा सामान राख्नुपर्छ । यसले हल्का झोला प्याक गर्न सजिलो हुनेछ ।

३. बहुउपयोगी जुत्ता बोक्ने

सामानमा जुत्ताले धेरै तौल बढाउँछ । यसबाट बच्नका लागि एक वा दुई जोडी बहुउपयोगी जुत्ता बोक्नुपर्छ । त्यस्तो रङ छान्नुपर्छ जुन सबै पहिरनसँग मेल खाओस् ।

४. बहुउपयोगी कपडा प्याक गर्ने

जुत्तापछि कपडाले नै सामानको तौल बढाउनमा योगदान दिन्छ । यात्रामा एक पटक मात्र लगाउने लुगा बोक्न हुँदैन । यस्ता लुगाको विकल्पमा त्यस्ता कपडा प्याक गर्नुपर्छ जसलाई ‘लेयर’ तह गरेर वा मिश्रण गरेर धेरै पटक लगाउन सकिन्छ ।

५. सौन्दर्य किटमा साना बोतल प्रयोग गर्ने

यात्रामा कहाँ जाने ? कति दिनका लागि जाने हो त्यसअनुसार नै सौन्दर्य सामग्रीको किट बोक्नुपर्छ । यसको मतलब स्याम्पु, बडिवास र कन्डिसनरका साना बोतलहरू बोक्नुपर्छ, जुन सजिलै यताउता लैजाने मिल्ने र सक्किएपछि फाल्न मिल्ने खालका हुन्छन् ।

६. सानो प्राथमिक उपचार बक्स बोक्ने

यात्रामा जाँदा प्रायः त्यहाँको वातावरणअनुसार मानिसहरूलाई हल्का ज्वरो, रुघाखोकी वा शरीर दुख्ने जस्ता समस्याहरू हुन सक्छन् । यस्तो अवस्थामा हरेक ठाउँमा स्वास्थ्यकर्मी वा औषधि नपाइन सक्छ । त्यसैले प्याकिङ गर्दा प्राथमिक उपचारका लागि सानो बक्स अनिवार्य रूपमा राख्नु उपयोगी हुन्छ ।

७. इलेकट्रोनिक सामान पनि नछुटाउने

यात्राको क्रममा ल्यापटप, ट्याब्लेट, फोन र क्यामेरा पनि बोकिन्छ । यी सामानहरूलाई चलाउनका लागि तिनका ब्याट्री र चार्जर राख्नु जरुरी हुन्छ । साथै, प्याकिङ गर्दा पावर बैङ्क पनि राख्न बिर्सनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?