+
+

शशिकला बन्ने भइन् तमिलनाडुकी मुख्यमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २३ गते १७:३६

२३ माघ, काठमाडौं । पनीरसेल्वमको स्थानमा शशिकला तमिलनाडुकी मुख्यमन्त्री बन्ने भएकी छन् । पनीरसेल्वमले पार्टीसमक्ष राजीनामा बुझाएका छन् ।

आइतबार चेन्नईमा बसेको एआईएमडीएमकेको विधायक दलको बैठकले शशिकलालाई विधायक दलको नेता चयन गरेको छ । पनीरसेल्वमले पद त्यागपत्र बुझाएका छन् ।

पनीरसेल्वमले नै शशिकलालाई मुख्य मन्त्री बनाउन प्रस्ताव गरेका थिए, जसलाई बैठकले सर्वसम्मतले अनुमोदन गरेको छ ।

पार्टीमा शशिकला नटराजनलाई मुख्यमन्त्री बनाउनु पर्ने माग उठेको थियो । पार्टी र सरकारको कमाण्ड अलग-अलग व्यक्तिमा हुनु ठीक नहुने उनीहरुको तर्क थियो ।

जबकी जयललिताको निधनपछि पनीरसेल्वमलाई मुख्यमन्त्री बनाइएको थियो । ६१ वर्षीया शशिकला तामिलनाडु विधानसभामा विधायक नै छैनिन् ।

र, यसअघि उनी पार्टीको कुनै पनि पदमा थिइनन् । उनलाई तामिलनाडुमा ‘चिन्नम्मा’ भन्ने गरिन्छ, जसको अर्थ सानी बहिनी भन्ने हुन्छ । जयललितालाई भने ‘अम्मा’ भन्ने गरिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?