Comments Add Comment

घरको छतबाट हाम्फालेर गाइले गर्‍यो ‘आत्महत्या’ !

मानिसले आत्महत्या गरेको खबर त तपाईंले धेरै सुन्नु भएको होला । तर के जनावरले आत्महत्या गरेको कतै सुन्नुभएको छ ? पक्कै छैन होला ।
अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनिरहेको छ । भिडियोमा एउटा गाइले तीन तल्ले भवनको छतबाट हाम्फालेको प्रष्ट देखिन्छ । छतबाट हाम्फालेको गाई मरेको आशंका गरिए पनि पुष्टी भएको छैन ।

यो हाम्रै छिमेकी देश भारतमा भएको घटना हो । घटनास्थल भारतको कुन ठाउँमा हो भन्ने नखुले तापनि यो कुनै व्यस्त बजार जस्तो लाग्छ । ३० फिट अग्लो घरको छतमा गाइ कसरी कसरी चढ्यो भन्ने कसैले नदेखेको बताइएको छ । तर छतमा उक्लिसकेपछि बेचैन भएर गाई यताउति गरेको केही व्यक्तिले देखेका थिए । एकछिन छट्पटिएपछि गाई छतको किनारामा जान्छ, केही सेकेन्ड रोकिन्छ र ‘जम्प’ मार्छ ।

छतमा रहेका केही व्यक्ति र तल सडकमा रहेको भिडले गाइले ‘आत्महत्या’ गरेको प्रत्यक्ष देखेका थिए । सो दृष्य तलबाट हेरिरहेका एक जनाले मोबाइलबाट भिडियो खिच्न भ्याए । सो भिडियो क्लीप उनले सामाजिक सञ्जालमा सेयर गर्नासाथ भाइरल बनेको थियो । गाई तल खसेपछि सबैजना हल्लाखल्ला गर्दै हेर्न दौडिएको भिडियो क्लीपमा देखिन्छ । गाई तल खसिसकेपछिको दृष्य भने भिडियोमा कैद भएको छैन ।

सामाजिक सञ्जालमा सो भिडियोमाथि प्रतिक्रिया जनाउनेहरु धेरैले गाईले आत्महत्या गरेको अर्थमा लिएका छन् । त्यसो त जनावरले मानिसले जस्तो आत्महत्या गर्न सक्दैनन् भन्ने आम मान्यता छ । तर कुनै जनावरले डिप्रेसनबाट ग्रस्त भएर आफ्नो ज्यान आफैं लिन सक्ने र त्यसलाई आत्महत्या मान्नुपर्ने तर्क केही वैज्ञानिकहरुले गर्दै आएका छन् ।

बेलायतको लन्डन न्युजले १८५५ मा एउटा घटना प्रकाशित गरेको थियो जसमा एउटा कुकुरले पटक-पटक ढलको पानीमा हाम्फाल्छ र अन्तत डुबेर मर्छ । हाँसहरु पनि आफ्नो साथीको मृत्यू भएपछि पानीमा डुबेर मरेको धेरै घटना सुनिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment