Comments Add Comment

मुसहर बस्तीमा झ्यालढोका राखियो, एक महिनामै ३० प्रतिशत काम सम्पन्न

धुर्मुस-सुन्तली अष्ट्रेलियाबाट ६५ लाख सहयोग बोकेर फिर्ता

२६ माघ, काठमाडौं । धुर्मुस-सुन्तली फाउण्डेसनले महोत्तरीमा निर्माण गरिरहेको एकीकृत नमूना मुसहर बस्ती निर्माण एक महिनामा ३० प्रतिशत काम सकिएको छ ।

एक महिनाअघि हास्यकलाकार महजोडी हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठद्वारा शिलान्यास गरिएको बर्दिबासस्थित नमुना मुसहर बस्तीमा ३० प्रतिशतभन्दा बढी काम सकिएको परियोजनाका संयोजक अर्जुन न्यौपानेले बताए ।

‘एक महिनामै ३० प्रतिशतभन्दा बढी काम सकिएको छ’ परियोजनाका संयोजक न्यौपानेले भने ‘यही गतिमा काम भयो भने हामीले छिट्टै काम सम्पन्न गर्न सक्छौं ।’

मुसहर बस्तीमा अहिले घरका झ्याल र ढोका हाल्ने काम सुरु भइसकेको छ । मुसहर समुदायका स्थानीयबासीहरुले बस्ती निर्माणमा साथ दिइरहेको न्यौपानेले बताए । सबैको साथ र सहयोगले सोचे भन्दा छिटो काम अगाडि बढिरहेको उनले बताए । ‘मुसहरहरुको अनुहारमा छुट्टै खुसी आएको छ,’ उनले भने, ‘अब हामीले एकीकृत बस्ती पाउँछौं भनेर उहाँहरु दिनरात बस्ती निर्माणमा खटिरहनुभएको छ ।’

उता एकीकृत नमू्ना मुसहर बस्ती निर्माणका लागि सहयोग संकलन गर्न अष्ट्रेलिया पुगेका जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) नेपाल फर्किएका छन् । अष्ट्रेलियाका विभिन्न सहरमा आयोजित कार्यक्रममा मुसहर बस्ती निर्माणका लागि सहयोग संकलन गरेर यो जोडी नेपाल फर्किएका हुन् ।

अष्ट्रेलियामा गज्जबको इभेन्ट्सद्वारा आयोजना गरिएको धुर्मुस सुन्तली साँझ र अन्य सहयोगी मनहरुबाट धुर्मुस-सुन्तलीले ६५ लाख सहयोग संकलन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment