+
+

कैलालीमा सम्बन्ध विच्छेद गर्ने बढ्दै

दीपक उपाध्याय दीपक उपाध्याय
२०७३ माघ २६ गते १६:०७


२६ माघ, कैलाली । सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढ्दै गएपछि समाजशास्त्रीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

कैलाली जिल्लामा पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढ्दै गएको र त्यसलाई रोक्न आवश्यक रहेको आवाजहरु आउन थालेका छन् ।

समाजशास्त्री तिलक बमले श्रीमान श्रीमती दुवै स्वरोजगार हुनु, एकले अर्काको अस्तित्व स्विकार नगर्नु र पितृ सतात्मक राज्यको प्रभावले पनि सम्बन्ध विच्छेदका घटना बृद्धि भएको हुन सक्ने प्रतिकृया दिए ।

कैलाली जिल्ला अदालतमा गत आर्थिक वर्षको पुस मसान्तसम्ममा सम्बन्ध विच्छेदका दर्ता हुन आएका ५४ मुद्दामा १९ मुद्दा फर्छ्यौट भएको श्रेस्तादार जगदिश प्रसाद भट्टले बताए । उनले सोही अवधिमा यो वर्ष ७१ मुद्दा दर्ता भएकोमा ३४ मुद्दा फर्छ्यौट भएको जानकारी दिए ।

उनले विवाह भएको २० वर्ष अवधि पुगेकादेखि नाति-नातिनासम्म भैसकेका उमेर समूहका व्यक्तिहरुको समेत सम्बन्ध विच्छेद भएको श्रेस्तेदार भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?