Comments Add Comment

सुरक्षित गर्भपतनमा ट्रम्पले कटौती गरेको सहयोग ८ देशले पूर्ति गर्ने

इसाबेला लोभेन

२७ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कटौती गरेको सहयोग ८ देशले पूर्ति गर्ने भएका छन् ।

ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो दिनले सुरक्षित गर्भपतन र त्यससम्वन्धी सूचना दिने गैरसरकारी संस्थाहरुलाई दिने सहयोगमा प्रतिवन्ध लगाएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कटौती गरेको सहयोग जुटाउन आठ देश सहमत भएका छन् । स्वीडेनका उपप्रधानमन्त्री इसाबेला लोभेनका अनुसार सहयोग जुटाउने अभियान थाल्न मार्च २ मा सम्मेलन आयोजना गरिएको छ ।

यसअघि नेदरल्याण्डले ट्रम्पले कटौती गरेको सहयोग आफूले पूर्ति गर्ने घोषणा गरेको थियो ।

अब स्वीडेन, डेनमार्क, बेल्जियम, लग्जम्बर्ग, फिनल्याण्ड, क्यानडा र केप भर्ड सहयोग जुटाउन तयार भएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशले नेपालमा प्रत्यक्ष पर्ने देखिएको छ । नेपाल परिवार नियोजन संघका लागि आउने सहयोग कटौती हुने देखिएको थियो ।

तर, ८ देशले चालेको कदमले नेपाल लाभान्वित हुने नहुने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment