Comments Add Comment

देश निर्माणमा जुट्न युवाहरुलाई ऊर्जा मन्त्रीको आह्वान

२७ माघ, ललितपुर । ऊर्जा मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले देश निर्माणमा जुट्न युवाहरुलाई आहृवान गर्नु भएको छ ।

मन्त्री शर्माले मुलुकलाई १५ वर्ष भित्र समृद्ध बनाउन सम्भव रहेको दावी समेत गरे । ललितपुरमा बिहीबार आयोजित राष्ट्रिय प्रविधि मेलालाई सम्बोधन गर्दै उनले विकास निर्माणको कामलाई युवाहरुले केन्द्र भागमा राख्ने बेला आएको पनि स्पष्ट पारे ।

मन्त्री शर्माले नेताहरुलाई सराप्ने काम भइरहेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । उनले अघिल्लो पुस्ताले राजनीतिक लडाई लडेको उल्लेख गर्दै अबको पुस्ताले आर्थिक क्रान्तिका लागि लड्ने बेला आएको धारणा राखे । युवाहरु लागि परे १०/१५ वर्ष भित्रमै मुलुक समृद्ध हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment