+
+

पाँच वर्षदेखि गर्भवती छिन् यी महिलाः कारण अनौठो छ (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २८ गते ११:१६

९ महिनाको गर्भपछि मान्छेको बच्चा जन्मिन्छ । तर के कुनै महिला ५ वर्षसम्म गर्भवती रहिरहन सम्भव होला ? पत्याउन गाह्रो पर्छ । तर लरेन नामकी यी महिलाको कहानी थाहा पाएपछि पत्याउन बाध्य भइन्छ । यी महिलाले सन् २०१२ देखि गर्भमा एउटा बच्चा हुर्काइरहेकी छिन् ।

अमेरिकाकी लरेन नामकी महिला पूरै २६० हप्ता भन्दा बढी समयदेखि गर्भवती छिन् । उनले सधै प्रशवलाई नजरअन्दाज गर्दै आएकी छिन् । उनले आफ्नो बच्चालाई जन्म दिएकी छैनन् । उनले बच्चा नजन्माउनुको कारण यो हो कि, उनले अफिसमा विदा पाउँदिनन् । उनले जुन अफिसमा काम गर्छिन् उसले प्रसुति विदा दिँदैन । यदि विदा बसेमा उनको तलब काटिन्छ ।

त्यसैले उनले अहिले लगातार काम गरेर सुत्केरी हुनका लागि पुग्ने अन्य विदाहरु जम्मा गरेर मात्र बच्चा जन्माउन चाहन्छिन् । ताकि बच्चा जन्मिसकेपछि आफ्नो बच्चासँगै समय बिताउन पाइयोस् ।

वास्तवमा लरेनको यो कथा एउटा नाटकीय रुपान्तरण हो । किनकि ५ वर्षसम्म गर्भ राख्न सम्भव हुँदैन । तर धेरै अमेरिकी कामकाजी महिलाहरुले भोगिरहेको समस्याको चित्रण हो । अमेरिकाका धेरै कम्पनी तथा संस्थामा काम गर्ने महिलाहरु तलबी प्रसुति विदाबाट बञ्चित छन् ।

८६ प्रतिशत अमेरिकी कर्मचारीहरुले आफ्नो पारिवारिक कारणले विदा पाउँदैनन् । विदाकै अभावमा धेरै महिलाहरु बच्चा नजन्माउने निर्णय गर्न बाध्य हुने गरेको र महिलाहरु आमा बन्नबाट समेत बञ्चित भैरहेको तथ्यलाई प्रकाश पार्नका लागि लरेनको कथा बनाएर एउटा भिडियो तयार पारिएको हो ।

ए लंग फाइभ इयर्स नामक उक्त भिडियो नेसनल पार्टनरसीप फर वुमेन एण्ड फेमिलिजले तयार पारेको हो ।  लरेनको भिडियो यु ट्युबमा भाइरल बनेको छ । एजेन्सी

हेरौँ भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?